अमेरिकाको न्यू जर्सीमा लाशको थुप्रो भेटिएपछि सनसनी

डिसी नेपाल
५ वैशाख २०७७ १४:३२

काठमाडौं। अमेरिकाको न्यूयोर्क शहरदेखि ७० किलोकिटर पश्च्मि एन्डोभरमा लाशको थुप्रो भेटिएपनि सनसनी फैलिएको छ । अमेरिकी पुलिसले यहाँ १७ लाश बरामद गरेको छ । यी सबैको मृत्यु कोरोनाभाइरसका कारण भएको मानिएको छ । न्यूजर्सी राज्यभित्र पर्ने एन्डोभरको नर्सिङ होमको मुर्दाघरको पछाडि लाशको थुप्रो भेटिएको हो ।

न्यूयोर्क टाइम्सले ताजा घटनाक्रमले कसरी अस्पतालहरु हाउसफुल भइसकेका छन् भन्ने देखाएको उल्लेख गरेको छ । सोमबार एन्डोभर सुबाक्युट एण्ड रिहेबिलेसन सयुनिटमा यी लाशहरु भेटिएका हुन् । यो न्यू जर्सीको सबैभन्दा ठूलो नर्सिङ होम हो । न्यू जर्सी राज्य कोरानाभाइरसबाट अत्यन्तै प्रभावित मध्ये एक हो ।

अहिलेसम्म यी १७ जनाको मृत्युको कारणबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन । न्यूयोर्क टाइम्सका अनुसार यो नर्सिङ होममा विगत केही दिनयता ६८ जनाको मृत्यु भएको थियो । यीमध्ये २६ जनाको मृत्यु कोभिड १९ का कारण भएको थियो । पुलिसले कति लाश भेटियो भन्ने कुराको आधिकारिक पुष्टि गरेको छैन ।

एन्डोभर पुलिसको फेसबुक पेजमा नर्सिङ होमका मालिकहरुमध्ये एक चेम शेइनबामको तर्फबाट भनिएको छ कि मुर्दाघरमा जहाँ सामान्य अवस्थामा ४ लाशहरु हुन्छन् त्यहाँ उनले कहिल्यै १५ भन्दा धेरै लाश देखेका थिएनन् । एन्डोभर पुलिस चिफ एरिक डेनियलसनले सिएनएनसँग सम्भवतः नर्सिङ होममा स्टाफ कम भएको र स्टाफमाथि धेरै बोझ भएको हुन सक्न्े बताए । न्यूजर्सीका गभर्नर फिल मर्फीले लाशहरु यसरी राख्न अनुमति दिइएको प्रति आक्रोश व्यक्त गरे । अमेरिकामा न्यूयोर्कपछि न्यू जर्सी सबैभन्दा प्रभावित छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *