हेल्प नेपालद्वारा कोविड–१९ रोकथामका लागि स्वास्थ्य सामाग्री खरिद गर्न पाँच लाख सहयोग

डिसी नेपाल
५ वैशाख २०७७ १८:१८

काठमाडौं। सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको हेल्प नेपालले कोरोना भाइरस (कोविड–१९) रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री खरिदकालागि नेपाल चिकित्सक संघलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ।

शुक्रबार हेल्प नेपालका अध्यक्ष अरुणसिंह बस्नेतले नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीलाई पाँच लाख बराबरको चेक हस्तान्तरण गरेका हुन्।

२० वर्ष अगाडि स्थापना भएको  सामाजिक र स्वास्थ्य क्षेत्रमा सक्रिय हेल्प नेपालका अध्यक्ष बस्नेतले कोरोनाको भाइरस (कोविड–१९) को उपचारमा खटिने स्वास्थ्यकर्मी र डाक्टरहरुले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई सेट), मास्कलगायतका स्वास्थ्य सामग्रीको अभाव भएको समाचार सार्वजनिक भएपछि नेपाल चिकित्सक संघमार्फत डाक्टर र स्वास्थ्यकर्मीले प्रयोग गर्ने स्वास्थ्य सामग्री खरिदका सहयोग गरेको बताए।

कारोना भाइरसको उपचार गर्ने डाक्टर र स्वास्थ्यकर्मीको मनोवल उच्च हुनु पर्ने भन्दै अध्यक्ष बस्नेतले त्यसका लागि निजी क्षेत्र र संघ संस्थाबाट पनि स्वास्थ्यकर्मीलाई सहयोग होस भनेर आफूहरुले सानो सहयोग गरेको बताए।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले कोरोना संक्रमण (कोविड–१९) सँग डाक्टर तथा स्वास्थ्यकर्मी लडिरहेको उल्लेख गर्दै उनीहरुको मनोवल उच्च राख्न स्वास्थ्य सुरक्षामा प्रयाप्त ध्यान दिनुपर्ने बताए।

अहिले अभावकाबीच पनि डाक्टरहरुले राम्रो सेवा दिइरहेको उल्लेख गर्दै डा. कार्कीले स्वास्थ्यकर्मीले लगायने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई सेट) एन–९५ मास्कको अभाव भइरहको जनाए। स्वास्थ्यकर्मीको मनोवल उच्च राख्न र सुरक्षाको प्रत्याभूति हुन स्वास्थ्य सामाग्रीको अभाव हुन नहुने उनले जनाए।

सुरक्षित रुपमा काम गर्ने वातावरण निर्माण गर्नुपर्ने र डाक्टर तथा स्वास्थ्यकर्मीको मनोवल बढाउने काम बढाउन आवश्यक हरेको बताए।

डाक्टरले कार्कीले निजी क्षेत्रबाटसमेत यसरी सहयोग प्राप्त हुनु खुशीको विषय भएको उल्लेख गर्दै सामाजिक संस्था हेल्प नेपाललाई धन्यवाद दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *