विदेशमा रहेकालाई संघ एक्लैले राहत पुर्‍याउन सक्दैन, सामाजिक सुरक्षा कोषको रकम खर्च गरियोस् : एनआरएनए

डिसी नेपाल
७ वैशाख २०७७ ११:१९

काठमाडौँ । गैरआवासी नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस (कोभिड–१९) बाट खाडि तथा मध्यपूर्वी मुलुकमा प्रभावित रहेका नेपालीहरुलाई संघ एक्लैले राहत पुर्‍याउन नसक्ने जनाएको छ ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसीसी) र संघका राष्ट्रिय समितिको शनिवार बसेको संयुक्त बैठकले मध्यपूर्वमा लाखौँको संख्यामा रहेका श्रमिक वर्गलाई संघको एकल प्रयासले मात्र राहत वितरण गर्न अपुग हुने भएकाले नेपाल सरकारको वैदेशिक रोजगार अन्तरर्गतको सामाजिक सुरक्षा कोषमा रहेको रकमलाई तत्काल निकासा गरि वैदेशिक रोजगारीमा अप्ठ्यारोमा परेका नेपालीहरुको हितमा खर्च गर्नु पर्ने निष्कर्ष निकालेको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिएका छन् ।

उक्त बैठकमा कोरोना भाइसर (कोभिड १९) महामारीबाट विश्वभर छरिएर रहेका नेपाली समुदायमा पारेको प्रभावका वारेमा बिस्तृत छलफल भएको थियो । बैठकमा विभिन्न देशमा कोरोना भाइरसले पारेको असर र नेपाली समुदायतलाई वितरण गरिएको राहतका सम्बन्धमा विभिन्न देशका अध्यक्ष तथा महासचिवहरुले आआफ्ना भनाइ राखेको शर्माले जनाए ।

उनका अनुसार विदेशबाट नेपाल फर्किन चाहने गैरआवासीय नेपालीहरु, कर्मथलोमा फर्किनु चाहने विदामा नेपाल गएका नेपालीहरु र नेपालमा नै अलपत्र परेका श्रमिकहरुलाई सहयोग गर्न सरकारसँग समन्वय गर्नु पर्ने विषयमा बैठकमा सहभागीहरुले सुझाव दिएका थिए ।

कोभिड-१९ उच्चस्तरीय समितिका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा सम्पन्न बैंठकमा अष्ट्रेलिया, अष्ट्रिया, बहराईन, बेल्जियम, चाईना, क्यानाडा, चाईना, साईप्रस, चेक रिपल्लिक, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, हङ्कङ्, आईरल्याण्ड, ईटाली, जापान, केन्या, कोरिया ९साउथ०, कुवेत, लग्जेम्बर, मकाउ, मलेसिया, माल्टा, निदरल्याण्ड, न्युजिल्याण्ड, नर्वे, ओमन, पोल्याण्ड, पोर्चिगल, कतार, रोमानिया, रसिया, साउदी अरब, स्पेन, स्विजल्याण्ड, थाइल्याण्ड, युके, युएई, युएसए लगायतका राष्ट्रिय समन्वय परिषदले आआफ्नो प्रतिवेदन पेश गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *