लकडाउनले रोकियो राजपाको स्थापना दिवस

डिसी नेपाल
७ वैशाख २०७७ १३:४०

काठमाडौं। चार वर्ष अगाडि विभिन्न राजनीति दल मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी (राजपा) ले चौथो स्थापना दिवस लकडाउनका कारण अनौपचारिक रुपमै मनाएको छ।

चौथो स्थापना दिवसको अवसरमा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले विज्ञप्ति जारी गरेर शुभकामना व्यक्त गरेका छन्।

विज्ञप्तिमा पूरै कोरोना भाइरस (कोविड–१९) को महामारीको चपेटमा परेको उल्लेख र कोरोनाभाइरसका कारण राजपाले यो पटक औपचारिक कार्यक्रम आयोजना गर्न नसकेको उल्लेख छ।

महामारीबाट जोगिन पार्टीपंक्तिलाई एकढिक्का भई दृढ सकल्पका साथ लकडाउनको पालना गर्न संयोजक भण्डारीले आग्रह गरेका छन्।

उनले आफू सुरक्षित रही आफ्नो वडाका नागरिकलाई राहत लगायत अन्य कुनै प्रकारको समस्या देखिए समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *