परिवार दलद्वारा नेपाल पत्रकार महासंघलाई सुरक्षा सामग्री हस्तान्तरण

डिसी नेपाल
७ वैशाख २०७७ १५:२२

काठमाडौं। नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेपाल पत्रकार महासंघलाई २००० मास्क प्रदान गरेका छन्।

महासंघका अध्यक्ष गोबिन्द आचार्यलाइ भेटी मास्क उपलब्ध गराउनुका साथै अध्यक्ष ढकालले देशभरीका पत्रकारहरुको अवस्था, चुनैती र सुरक्षाको बारेमा पनि छलफल गर्रेकाे परिवार दलका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए।

पूर्व मन्त्री समेत रहेका ढकालले कोभिड १९ को रोकथाम तथा नियन्त्रणको संघर्षमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीले पुर्याउँदै आएको योगदानको आँफूले सधैं कदर गरेको र थप हौसला प्रदान गर्न ऐक्यबद्धता स्वरुप मास्क वितरण गरेको बताए।

कोरोना कहरको यो अवस्थामा जोखिम मोलेर पनि जनतालाई सूचना प्रवाह गर्न फिल्डमा खटिने पत्रकारहरुका लागि सुरक्षा कवज उपलब्ध गराएकोमा पत्रकार महासंघले परिवार दललाई धन्यवाद दिएको छ।

पत्रकार महासंघ अध्यक्ष गोबिन्द आचार्यले फिल्डमा रिपोर्टिङ गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गरी सतर्क र सुरक्षित बनेर समाचार संकलन गर्नु पर्ने बाध्यता रहेको बताए।

‘यो बेला खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी सबैलाई राज्यले प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको छ,’ अध्यक्ष आचार्यले भने, ‘तर त्यहीँ सूचना जनतासम्म पुर्याउने पत्रकारलाई न सुरक्षा कवज न प्रोत्साहन नै गरेको छ।’

उनले पत्रकारको लागि पनि राज्यले बिमा लगायत आवश्यक पर्ने इन्टरनेट, बिजुली लगायतका कुरामा सहुलियत दिनुपर्ने बताए।

महासंघका अगुवाहरुको भेटमा अध्यक्ष ढकालले नेता ढकालले राजधानीवाट घर फर्किन दिनु पर्ने, बिदेशमा जोखिमपूर्ण अबस्थामा रहेका नेपालीहरुलाई घर फर्काउन पहल गर्नु पर्ने, संक्रमण फैलियाको क्षेत्रलाई शिलबन्दी गरेर राजधानीमा लकडाउन खुकुलो बनाउदै लैजानु पर्ने, कोरोना बाहेक अन्य रोग लागेका बिरामीहरुले पनि सहज तरिकाले उपचार गर्न पाउनु पर्ने र लकडाउनको कारण हातमुख जोर्न सकस परेकाहरुको पहिचान गरी प्रभाबकारी ढंगबाट राहत उपलब्ध गर्नु पर्ने लगायतको सुझाब सरकारलाई दिए।

ढकालले राष्ट्रिय संकटको घडीमा सबैले सरकारलाई पूर्ण रुपमा सहयोग गर्नु पर्छ भदै सहयोग, सदभाब, प्रेम र सहकार्यनै अहिलेको मुलभूत मान्यता हो भने।

सो अवसरमा पत्रकार महासंघका अध्यक्ष आचार्य लगायत कोषाध्यक्ष राजेश मिश्र, केन्द्रीय सदस्य गोपाल बराईली, पत्रकार महासंघ काठमाडौँ शाखा कार्यसमिति सदस्य बिष्णु निश्चल र परिवार दलका प्रवत्ता सन्तोष कुमार पौडेलको पनि सहभागीता रहेको थियो। परिवार दलले नेपाली सेना र सशस्त्र प्रहरीद्वारा संचालित अस्पतालमा पनि केहि दिन अघि ५००० मास्क प्रदान गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *