मलेसियामा सर्जिकल ग्लोभ बनाउने कम्पनीका नेपाली कामदारहरु समस्यामा

डिसी नेपाल
११ वैशाख २०७७ १४:१७

काठमाडौं । मलेसिया विश्वको रबर ग्लोभ्सको सबैभन्दा ठूलो उत्पादक देश हो, तर यहाँका उद्योगले नेपाल लगायत अन्य देशबाट आएका आप्रवासी कामदारहरूलाई ठूलो मात्राम श्रम शोषण गरेको आरोप लगाईएको छ । खासगरी गैरकानुनी भर्ना शुल्क, लामो समयसम्म काम, कम तलब, राहदानी जफत गर्ने र अभद्र ब्यबहार गर्ने, बढी भीडभाड गराएर काम लगाउने र बस्ने ठाउँ (आवास) राम्रो नरहेको कामदारहरूको गुनासो छ ।

एनएचएसका कर्मचारीहरूलाई पर्याप्त व्यक्तिगत सुरक्षा उपकरणहरू उपलब्ध गराउन नसकेकोमा आलोचित भएको मलेसियन सरकारले केही चिकित्सक र नर्सहरूलाई आफ्नै सुरक्षा किटहरू आफु सँगै राख्न लगाइएको पाईएको छ ।

यसैबीच रबर मेडिकल ग्लोभको लागि विश्वव्यापी रुपमा बृद्धि भएको मागले मलेसियामा ग्लोभ कारखानाका कामदारहरूलाई पहिलेभन्दा बढी बेबास्ता गरिएको पाइएको छ। मलेसियामा धेरैजसो कम्पनीमा तालाबन्दीमा हुँदा, ग्लोभ कम्पनी पूर्ण रुपमा उत्पादनमा फर्किएका छन्, कम्पनीमा कामदारहरु माग पूरा गर्न चौबीसै घण्टा काम गरिरहेका छन्।

उत्पादन बढाउन हतारमा केही मलेसियन ग्लोभ निर्माता कम्पनीहरुले आफ्नो कामदारहरुलाई जोगाउन असफल भइरहेको कामदारहरूले द गार्डियनलाई बताएका छन ।

एक नेपाली कामदारले भने “हामी वास्तवमै एकदमै डराएका छौं। कम्पनीले सामाजिक दूरी लागू गरिरहेको छैन। सबैले उही थम्ब प्रिन्ट स्क्यानर प्रयोग गरिरहेका छन । होस्टेल बाट कम्पनीमा काम गर्न आउदा एकैपटक एउटै बसमा ४५ जनासम्म कोचिएर यात्रा गर्नु परेको छ। सबै कामदारहरु एकैपटक आइपुग्छन् त्यसैले मुख्य प्रवेशद्वार धेरै भीड पनि हुन्छ । ”

साथै आप्रवासी कामदारहरूले एउटै होस्टलमा २४ जना सुत्नु परेको, कम्पनीको बसमा काम गर्न जाँदा भिडभाड भएको र हप्ताको ६ दिनमा १२ घण्टा काम गर्दा काधमा काध जुधाएर खडा भएर काम गर्नु परेकोले अहिले भयाभह स्थितिमा पनि सामाजिक दूरी नभएको गुनासो गरेका छन ।

हाम्रो सबैभन्दा ठूलो डर स्थानीय मलेशियने कामदारहरू बाट हो। यदि तिनीहरूले बाहिरबाट भाइरस ल्याए भने संक्रमित हुने धेरै नै सम्भावना रहेको अर्को एक नेपाली कामदारले बताए ।

साथै मानवअधिकार समूहहरूले मलेसियाको रबर मेडिकल ग्लोभ बनाउने कम्पनीमा कार्यरत नेपालीहरु लगयात अन्य प्रवासी कामदारहरूलाई मलेसियन सरकार बेवास्ता गर्न नहुने बताएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *