चीनमा डरलाग्दो तरिकाले फर्कियो कोरोना, ठूलो संख्यामा संक्रमण भेटिएपछि पूरै शहर सील

डिसी नेपाल
११ वैशाख २०७७ १४:२९

काठमाडौं। कोरोनाभाइरस संक्रमणलाई लगभग नियन्त्रण गर्ने अवस्थामा पुगिसकेको चीनलाई पुनः एकपटक यो भाइरसले धक्का दिएको छ । भाइरस संक्रमणको सुरुवात भएको शहर वुहान साढे २ महिना लामो लकडाउनबाट अहिले खुलेको छ तर उत्तर पूर्वी शहर हार्बिनमा फेरि कोरोनाभाइरस तीब्र रुपमा फैलिएको पाइएपछि यो शहरलाई नै सिल गरिएको छ । वुहान पछि अब हार्बिन शहर यो भाइरसको नयाँ क्लष्टर बनेको छ ।

अहिले चीन सरकारले हार्बिन शहरलाई सील गरेको छ । हार्बिन शहर रुसको सीमासँग जोडिएको छ । यही कारण अधिकारीहरुले सावधानीका लागि पूरै क्षेत्रमा कुनै प्रकारको गतिविधिमा पूर्ण रुपमा प्रतिबन्ध लगाएका छन् । हिलोङ जियान प्रान्तको राजधानी हार्बिनमा नयाँ संक्रमितको संख्या ह्वात्तै बढेपछि यहाँ बाहिरी मानिस र वाहनको प्रवेशमा प्रतिबन्ध लगाइएको छ । यो शहरको जनसंख्या १ करोडभन्दा बढी छ । अधिकारकिा अनुसार हिलोङजियांग प्रान्तमा ५३७ संक्रमितको पुष्टि भएको छ जसमध्ये ३८४ जना बाहिरबाट आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *