कतारमा मास्कको प्रयोग नगरे ६७ लाख जरिवाना तथा ३ वर्ष जेल सजाय हुने

डिसी नेपाल
११ वैशाख २०७७ १७:१७

दोहा । कतारमा कोरोना भाइरस  (कोभिड–१९) को संक्तमण बढ्दै गएपछि यसको नियन्त्रण तथा रोकथाम गर्न यहाँको सरकारले विभिन्न प्रयासहरु गरिरहेको छ ।

यसैबीचमा आउँदो आइतबारदेखि कतारमा सबैले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने भएको छ । सेवा प्रदायक क्षेत्रमा काम गर्ने र निमार्ण क्षेत्रमा काम गर्ने श्रमिकहरुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु पर्ने नियम लगाइएको सरकारी समचार संस्था क्युन न्युज एजेन्सीले जनाएको छ ।

बुधबार बसेको क्याबिनेट मिटिङले यस्तो निणर्य गरेको हो । नयाँ नियम अनुसार मार्केटमा समान खरिद गर्न जाने ग्राहकले पनि अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्नेछ । मास्क नलगाउने ग्राहकले मार्केटहरुमा प्रवेश पाउने छैनन् ।

कोरोना संक्रमण फैलन नदिन भन्दै लगाइएको यो नियम कतारका सरकारी तथा नीजि क्षेत्रका सेवा प्रदायक र निर्माण क्षेत्रका कामदारले अनिवार्य रुपमा पालना गर्नुपर्नेछ ।नियमको अनुगमन कडा रुपमा गरिने बताइएको ।

सरकारको निर्देशन उलंघन गर्ने व्यक्तिलाई १९९० को कानुनको धारा १७ बमोजिम २ लाख कतारी रियाल (नेपाली करिव ६७ लाख ५८ हजार) जरिवाना तथा ३ वर्षभन्दा बढि जेल सजाय वा यी दुइ मध्ये एक सजाय गरिने मन्त्रालयले जनाएको छ ।

कतारमा हालसम्म ७ हजार ७ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ७ सय ५० जना उपचारपछि निको भएका छन भने १० जनाको ज्यान गएको छ । कतारमा झण्डै ४ लाखको हाराहारीमा नेपाली रहेका छन । संक्रमितहरुको राष्ट्रियता बारे नखुलाइए पनि त्यहाँ केही नेपालीहरूमा पनि कोरोनाको संक्रमण देखिएको छ ।

यसअघि नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्श मियाले आफू कोरोनाबाट संक्रमित भएर उपचार गराइराखेको फेसबुक मार्फत जानकारी गराएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *