कतारले दियो १७ जना नेपाली कैदीबन्दीलाई आममाफी, खुशी हुँदै प्रधानमन्त्री ओलीले दिए धन्यावाद

डिसी नेपाल
११ वैशाख २०७७ १८:५७

काठमाडौँ । कतार सरकारले त्यहाँको जेलमा रहेका १७ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । विभिन्न कसुरमा कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरुलाई आममाफी दिइ रिहाई गर्न लागिएको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ ।

कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै तथा कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी उनीहरुलाई आममाफी दिएको दूतावासको भनाइ छ ।

आममाफी पाएर रिहाइ हुनेमा १३ जना लागू औषध कारोवारजन्य, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेका नेपालीहरु रहेको दूतावासले जनाएको छ ।

त्यस्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कतारका प्रधानमन्त्रीसँग फोन संवाद गरेर ती १७ जना नेपालीको रिहाईप्रति खुशी व्यक्त गर्दे आफूले धन्यावाद दिएको बताएका छन् ।

फोन संवादमा उनले कतारमा रहेका नेपालीको सुरक्षा बारेमा पनि चाँसो राखेको बताएका छन् । छलफलमा कतारी प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारे चिन्ता नलिन आग्रह गरेको प्रधानमन्त्री ओलीले आफ्नो ट्विटरमार्फत जानकारी गराएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *