मलेसियामा आवागमन बन्द थप दुई साता लम्बियो

डिसी नेपाल
११ वैशाख २०७७ २१:३४

क्वालालम्पुर । मलेसिया सरकारले बाहिरी आवागमन नियन्त्रण आदेश (मुभमेन्ट कन्ट्रोल अडर -एमसिओ) अझै दुई साता लम्बाउने भएको छ।

मलेसियन सरकारले आगमन नियन्त्रण आदेश अझै दुई हप्ता थप्ने मलेसियाका प्रधानमन्त्री तान श्री मुह्यिद्दिन यासिनले घोषणा गरेका छन । अझै स्थिति सामान्य नभएकोले सरकारले थप दुई हप्ता एमसिओ बढाउन लागेको उनको भनाइ छ ।

यसअघि मलेसियाले मार्च १८ मा पहिलोपटक एमसिओ लागू गरेको थियो ।

हालसम्म मलेसियामा ५ हजार ६ सय जनामा कोरोनाको संक्रमण देखिएको छ । तीमध्ये ९५ जनाले ज्यान गुमाएका छन । त्यस्तै ३ हजार ५ सय ४२ जनाले उपचारपछि निको भएका छन् । संक्रमितमध्ये ३ जना नेपाली कामदार पनि छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *