लकडाउनमा श्रीमती माइतीमै फसिन्, यता श्रीमानले प्रेमिकासँग बिहे गरे

डिसी नेपाल
१२ वैशाख २०७७ १२:२९

काठमाडौं। कोरोनाभाइरस संक्रमणका कारण गरिएको लकडाउनमा निकै रोचक घटना भएको छ । लकडाउनको फाइदा उठाउँदै श्रीमानले प्रेमिकासँग बिहे गरेका छन् । भारतको बिहार राज्यको राजधानी पटनादेखि ६० मिलोमिटरको दूरीमा रहेको दुल्हन बजार क्षेत्रमा श्रमिानले लकडाउनका फाइदा उठाउँदै प्रेमिकासँग बिहे गरेको आज तकको समाचारमा उल्लेख छ ।

लकडाउनभन्दा अगाडि गुडिया देवी श्रीमती माइती गएकी थिइन् । उनी माइतीमै रहँदा लकडाउन सुरु भएपछि उनी उतै फसिन् । पछि उनले थाहा पाइन् कि उनका श्रीमान धीरज कुमारले उनको अनुपस्थितिको फाइदा उठाउँदै आफ्नी प्रेमिकासँग बिहे गरे । धीरज र गुडियाका १० वर्षका छोरा पनि छन् । श्रीमानको कर्तुत थाहा पाएपछि श्रीमती गत हप्ता दुल्हन बजार थानामा गएर श्रीमानविरुद्ध उजुरी दिइन् ।

उजुरीपछि पुलिसले धीरजलाई पक्राउ गरेर जेल पठाएको छ । धीरजले श्रीमती माइतीबाट नफर्केको रिसमा प्रेमिकासँग बिहे गरेको बयान दिएका छन् । गुडियाका अनुसार उनका पतिको पहिलेदेखि नै ती महिलासँग सम्बनध थियो जसको कारण उनीहरुको घरमा झगडा पनि भइरहन्थ्यो । अहिले धीरजले उनै महिलासँग बिहे गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *