समवेदनाहीन नेपाली समाज – Dcnepal

समवेदनाहीन नेपाली समाज

पेरिस फ्रान्स । रोग महामारी कोरोनाको लडाइ जितेकी एउटी नारीको बेदना उनले पढ्ने विश्वविद्यालयको अनलाईन ल ड्रागन द सेन डट कम मार्फत पढें । रोगको कष्ट अनि दुखाई त सहनु छदैछ । अवस्था बिग्रेको खण्डमा ज्यान गुमाउनेको संख्या लाखौ कटिसकेको अवस्थामा हामी कति क्रुर, निर्दयी अनि गैरजिम्मेवार रहेछौ भन्ने कुराको भान भयो । सामाजिक संजालमा लेखिएका तीता शब्दहरुले उनलाई कति पोल्यो होला ? रोगसंगको लडाइ भन्दा समाजले उनीबिरुद्ध चलाएका अफवाहको लडाइ उनलाई भारी परेको देखिन्छ ।

आफु नमरी स्वर्ग देखिदैन भने झैँ आफूलाई नपरी अरुको भोगाईलाई बेवास्ता गर्ने अनि हल्का रुपमा लिने नेपाली परिपाटी कहिले परिवर्तन होला ? मैले रोगसंग हारे भने पनि देसले जित्ने छ भने दृढ संकल्पका साथ अस्पतालमा उनी रोगसंग लडेको देखिन्छ । खुसीको कुरो रोगसंगको लडाइमा जीत उनकै पोल्टामा पर्यो । अरुले जस्तै रोग लुकाएर अथवा सेल्फ–क्वारेन्टाइनको सतर्कता नअपनाएको भए रोगले नेपालमा भयावह अवस्था लिन सक्थ्यो । एक जिम्मेवार नागरिकको भूमिका खेलेकोमा हामी उनीप्रति कृतज्ञ हुनु त कता हो कता उल्टै निर्मम रुपमा हाम्रो समाज खनिएको देखिन्छ ।

उनलाई उपचारका क्रममा रेखदेख गर्ने एक नर्सले रोग निको होस भनी सिंगो गाउँ नै प्रार्थनारत छ भन्ने एक सन्देशले नै उनको मनोबल उच्च भएको देखिन्छ । उनको कारणले देश भरी भएको लकडाउनको दोषी आफुलाई ठानिरहेकी थिइन् । जबकि उनी भने आफुलाई परेको समस्या कसैलाई पनि नपरोस भन्ने कामना गर्दै थिइन् अस्पतालका बेडमा रोगसंग लड्दै । स्वस्थाकर्मीहरुले देखाउनु भएको माया अनि मनोबल उच्च राख्न गर्नु भएको योगदानप्रति उनने आभार प्रकट गरेकी छिन् ।

राज्यले उनको उपचारमा विशेष निगरानी गरेको देखिन्छ जुन प्रसंशनीय छ । विकसित यूरोप महादेशका मुलुकहरुमा समेत आज यो सम्भव नभएको अवस्था छ । संरचना नै नभएको अनि विकास उन्मुख हाम्रो मुलुकमा उपचार सम्भव हुनु गर्वको कुरा हो । एक कोरोना संक्रमितले सतर्कता नअपनाउने हो भने एक दिनमा हजारौलाई यो रोग सर्न सक्छ भन्ने तथ्य वैज्ञानिकहरु बताइरहेका छन् । रोगसंग लडेर भोगेको शारीरिक पीडाभन्दा पनि सामाजिक संजालमा लेखिएका शब्दहरुले उनीमाथि परेको मानसिक क्षतिको आँकलन कस्ले गर्ने ? समस्या परेको बखतमा दोषारोपण अनि घृणा फैलाउने काम आजबाटै बन्द गरौ । रोग कसैले चाहेर लाग्ने र नचाहेर नलाग्ने भन्ने होइन ।अरुको कदर गर्न सिकौ । मानव जीवनको महत्व सबैको एक हो भन्ने बुझौ ।

नेपालकी कोरोना संक्रमितपछि उपचारबाट निको भएकी काठमाडौंकी १९ वर्षीया युवती प्रसिद्धि श्रेष्ठको संस्मरण फ्रान्सको उनि पढ्ने विश्व बिद्यालयका विद्याथीहरुको अनलाइनले प्रकाशित गरेको छ ।ल ड्रागन द सेन डट कममा अंग्रेजी भाषामा छापिएको उनको संस्मरणलाई यहाँ नेपाली भाषामा अनुवाद गरिएको हो । www।ledragondechaine।com कोरोना जित्ने प्रसिद्धि श्रेष्ठको आत्मकथा ,अनुभव नेपाली अनुबाद जस्ताको तस्तै

१७ मार्चमा लाम (भियतनामी साथी )र म दोहास्थित हम्माद इन्टरनेशनल एयरपोर्टसम्म सँगै थियौँ । यहाँबाट लाम भियतनामको होची मिन्हा र म काठमाडौं फर्कदैं थियौँ । क्वारेन्टाइनमा नै रहेका बेला लामलाई परीक्षणमा कोभीड–१९ को संक्रमण भएको देखियो । हामी दुबै र हाम्रा सबै साथीहरूका लागि यो ठूलो ‘रियालिटी चेक’ थियो । हामीले मिम र बिदाई चिट्ठीमात्रै देखेको कुरा, हाम्रो यर्थाथमा आउँदै थियो ।

दुई दिनपछि मलाई पनि कोभीड–१९ पोजेटिभ देखियो । मभन्दा अघि नेपालमा एउटै मात्र कोरोना भाइरसको घटना देखिएको थियो र ती विद्यार्थी निको पनि भइसकेका थिए । त्यसैले कागजमा मेरो देशले शतप्रतिशत निको भएको तथ्यांक कायम गरेको थियो । यसकारण धेरै नागरिकलाई गर्व पनि थियो कि नेपालमा कोरोनाको अर्को घटना देखिएको छैन । हामी कोभीड–१९ बाट कसरी सुरक्षित छौँ भन्ने विषयमा पनि धेरै मान्यता थिए, यस्ता मान्यतामा राष्ट्रिय गौरवले पनि जरो गाडेको थियो । यी र यस्तै परिस्थितीमा म नेपालमा केवल दोस्रो संक्रमित थिए । मेरो घटनामा यसअघिका कुनै दृष्टान्त पछ्याउने अवसर थिएन र धेरैलाई यो परिस्थिती कसरी सम्बोधन गर्ने भन्ने पनि थाहा थिएन ।

मेरो परीक्षण रिपोर्टबारे परिवारलाई १० बजे नै जानकारी दिइएको थियो । मेरी दिदीले बारम्बार ममा संक्रमण देखिएको बताएपनि मैले यसलाई विश्वास गरिनँ । किनभने त्यस दिनसम्म ममा कुनै लक्षण देखिएकै थिएन । २२ मार्चमा अस्पताल भर्ना भएयता पहिलो रात नै लक्षण देखिन थाल्यो । मलाई पेटमा निकै पीडा भयो र श्वासप्रश्वासमा समस्या आउँदा रातभर म राम्ररी सुत्न सकिंनँ । जब तपाईं श्वास फेर्दा ध्यान दिनुहुन्छ र हरेक पटक असामान्य हुन्छ, तब कस्तो होला रु मलाई केही दिनसम्म यस्तै भयो । मेरो छातीले मलाई गहिरो श्वास लिनबाट अवरोध गरिरहेको थियो । मेरो शरीरमा मेरो होइन, भाइरसको नियन्त्रण थियो । फर्केर हेर्दा, परीक्षण भइसकेपछि रिपोर्ट आउनुअघिको समयमा मैले बढी नै सोचेंजस्तो लाग्छ ।

मलाई आफुमा भाइरस छ र ममार्फत अरु कोही व्यक्तिलाई सरेको हुनसक्छ भन्ने तथ्य अस्वकार गर्दा बढी सहज महसुस भएको थियो । जब मैले यथार्थ स्वीकारे, त्यसपछि बाटोमा भेटिएका मानिस र आफ्नै परिवारमा ममार्फत संक्रमण फैलिएको हुनसक्छ भन्ने विषय मेरो सबैभन्दा ठूलो चिन्ता थियो । चिकित्सकले परीक्षणपछि ठूलो परिमाणमा भाइरस भेटिएको बताएका थिए, यसको अर्थ यस अवस्थामा ममार्फत धेरैमा संक्रमण सर्नसक्थ्यो । तत्कालै मलाई मेरो घरमा एम्बुलेन्स पठाइयो र मलाई टेकुस्थित अस्पतालको आइशोलेसन कक्षमा राखियो । २२ मार्चमा अस्पताल भर्ना भएयता पहिलो रात नै लक्षण देखिन थाल्यो । मलाई पेटमा निकै पीडा भयो र श्वासप्रश्वासमा समस्या आउँदा रातभर म राम्ररी सुत्न सकिंनँ । जब तपाईं श्वास फेर्दा ध्यान दिनुहुन्छ र हरेक पटक असामान्य हुन्छ, तब कस्तो होला रु मलाई केही दिनसम्म यस्तै भयो ।

मेरो छातीले मलाई गहिरो श्वास लिनबाट अवरोध गरिरहेको थियो । मेरो शरीरमा मेरो होइन, भाइरसको नियन्त्रण थियो । खाटबाट उठ्न पनि ठूलै प्रयास गर्नुपथ्र्यो, बलपूर्वक खाना खाइन्थ्यों र अनिन्द्राले सताइरहेको थियो । मलाई अझै त्यो रात याद छ, जब ‘सुँघ्ने क्षमतामा कमी’ पनि कोभीड–१९ को लक्षण हो भनेर पढें, मैले साबुनको गन्ध सुँघ्न खोजे । आश्चर्य मैले गन्ध थाहा पाइनँ । लक्षणका विषयमा कुरा गर्नुपर्दा मलाई हल्का सुख्खा खोकी पनि थियो । तर, मलाई ज्वरो भने कहिल्यै पनि आएन । तपाईंले यो पनि ख्याल गर्न जरुरी छ कि मेरो केसमा असर हल्का थियो । मेरो मनले ती व्यक्तिबारे सोच्छ, जसले यो भाइरसबाट संक्रमित भएपछि मैलेभन्दा खराब अनुभव गर्नुभएको छ ।

यी सबैका बाबजुद सञ्चारमाध्यमले मेरो परिस्थिती सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्यो । मलाई थाहा थियो कि सबैजनाले ‘फ्रान्सबाट दोहा हुँदै १७ मार्चमा आएकी एक १९ वर्षीय युवती कोरोना संक्रमित भएको’ थाहा पाइसकेका छन् र यसपछिका घटनाक्रम मैले सहनुपर्छ । काठमाडौं सानो शहर हो । जसले मलाई चिन्छन्, ती व्यक्तिको दिमागमा यति जानकारी पाउनासाथ मेरो नाम पुगिहाल्यो । यद्यपी, सञ्चारमाध्यमले मेरो नाम गोप्य राखे, तर मैले थाहा पाएसम्म झन्डै सबै सञ्चारमाध्यमले मेरोबारे समाचार लेखेका थिए, माथि उल्लेखित बिस्तृत जानकारी र अरु समेत थपेर । केही साँचो थियो, तर धेरै गलत । जस्तो, लाम पेरिसदेखिकै मेरी महिला रुममेट थिइन् ।

मैले परीक्षण गर्नुअघि आफ्ना धेरै आफन्तलाई भेटेको थिएँ । मेरा बाबुआमा चिकित्सक हुन् लगायत । नकारात्मक टिप्पणी यति धेरै थियो कि मेरो उपचारमा संलग्न चिकित्सकहरुले समेत मलाई समाचार नहेर्न आग्रह गर्न थाले । मसँग आफू सेल्फ–क्वारेन्टाइनमा बसेको प्रमाण थियो र म कति केयरफुल रहेँ भन्ने प्रमाण पनि थियो, तर यतिबेलासम्म मसँग आवाज थिएन अर्थात् मैले बोल्न मिल्ने परिस्थिती थिएन । नेपालमा न्युर्योक टाइम्सको पार्टनर रहेको एक अंग्रेजी दैनिक ‘रिपब्लिका’ ले मलाई हल्लाकै भर ‘सुपर स्प्रेडर’ को बिल्ला नै लगाइदियो । उनीहरुलाई मेरो कथा थाहा थिएन, उनीहरुसँग मैले भाइरस फैलाइरहेको कुनै प्रमाण थिएन । तर धेरै जनताको नजरमा म ‘सुपर–स्पे्रडर’ बनिसकेको थिएँ । २३ मार्च केही फरक थियो । कहीँ, कतै, कसैले मेरो कथाको आख्यान तयार गर्ने निर्णय गर्यो ।

उनीहरुले आफू अनुकुल हुनेगरी मेरो तथ्य बङ्ग्याए । मप्रति त्यस्तो घृणा उजागर भयो । सामाजिक सञ्जालमा गालीको भेल थियो । मानिसहरु ममाथि आरोप लगाउदैं थिए, उनीहरु घृणा गर्दै थिए र केहीले त मलाई ज्यान मार्ने धम्की समेत दिए । उनीहरु मलाई जीवित राख्नुभन्दा गोली हानेर मार्नुपर्ने बताइरहेका थिए । नकारात्मक टिप्पणी यति धेरै थियो कि मेरो उपचारमा संलग्न चिकित्सकहरुले समेत मलाई समाचार नहेर्न आग्रह गर्न थाले । मसँग आफू सेल्फ–क्वारेन्टाइनमा बसेको प्रमाण थियो र म कति केयरफुल रहेँ भन्ने प्रमाण पनि थियो, तर यतिबेलासम्म मसँग आवाज थिएन अर्थात् मैले बोल्न मिल्ने परिस्थिती थिएन । मेरो शारीरिक सुरक्षाका लागि गोपनियता जरुरी थियो ।

मैले आफ्नै सामाजिक सञ्जालको सर्कलमा समेत धेरैले मेरोबारे नकारात्मक अर्थ दिने पोस्ट गरेको देखेँ उनीहरुलाई ती बिरामी म हुँ भन्ने थाहा थिएन । टाउकोमा हात राखेर धिक्कार गरिरहेका संकेतसहितका सामाग्री सामाजिक सञ्जालमा आउथ्यों । म बुझ्थेँ, उनीहरुलाई गलत जानकारी मिलेको हुनसक्छ र बिरामीलाई पीडा दिने अर्थात् मलाई पीडा दिने उनीहरुको मनसाय नहुनसक्छ । त्यही दिन २३ मार्च स्वास्थ मन्त्रालयले विशेषगरी मेरो संक्रमणको घटना र त्यसपछिको लकडाउनबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गर्यो । म आफ्नो खाटमा बसेर छक्क परिरहेको थिएँ, कसरी आफ्नो कोठामा सेल्फ क्वारेन्टाइ बसिरहेको म आफ्नो पुरै देशलाई लकडाउन गर्ने कारक बनेँ । हो, देशव्यापी लकडाउन गर्ने सरकारी निर्णयका लागि म धेरै कारणले जिम्मेवार थिएँ । त्यस समय मैले यही कामना गरेँ कि यस्तो अवस्थामा अरु नै कोही होस् ।

तर यर्थाथ यही थियो, त्यो ठाउँमा म थिएँ । यी सबै यातनाका बाबजुद म पहिले, अहिले र जहिले पनि मेरो भावनालाई उच्च राखिदिएकोमा मेरा नर्सहरुप्रति कृतज्ञ छु । २४ मार्चमा ड्युटीमा रहेकी एक नर्सले मलाई बोलाइन्, उनी मसँग यो सन्देश साट्न चाहन्थिन् कि उनका एक फेसबुक साथीले आफ्नो पूरै गाउँसँगै मेरा लागि प्रार्थना गर्दैछन् । जब म भर्ना भएकै अस्पतालमा ती नर्सले काम गर्छिन् भन्ने ती व्यक्तिले थाहा पाए, त्यसपछि नर्सलाई म समक्ष सन्देश पु¥याइदिन आग्रह गरे । यस्ता साना संकेतहरुले आगामी दिन सातासम्म मेरो मनोबल बढाइरह्यो । यदी तपाईंले यो लेख पढिरहनु भएको छ भने मेरो दृष्टीकोणबाट मेरो अवस्थालाई बुझ्न प्रयास गर्नुभएकोमा धन्यवाद भन्छु ।

मैले आफ्ना सबै संकेतबाट छुटकारा भइसकेको छु र नेपाल अवतरण गरेको एक महिनामा अन्ततः म कोरोना ‘नेगेटिभ’ परीक्षण भएको छु । चेकजाँचका क्रममा नर्सहरुले सधैँ मलाई कस्तो भइरहेको छ भनेर सोध्थे, आवश्यक नपरको बेलामा पनि । मेरा डाक्टरहरुले पनि यस्तै असिम दया मप्रति देखाएका छन्, उनीहरुले सबै कुरा ठीक हुन्छ भने मलाई निरन्तर आश्वस्त गराइरहे । यदी तपाईंले यो लेख पढिरहनु भएको छ भने मेरो दृष्टीकोणबाट मेरो अवस्थालाई बुझ्न प्रयास गर्नुभएकोमा धन्यवाद भन्छु । मैले आफ्ना सबै संकेतबाट छुटकारा भइसकेको छु र नेपाल अवतरण गरेको एक महिनामा अन्ततः म कोरोना ‘नेगेटिभ’ परीक्षण भएको छु । मसँगै फ्लाइटमा आएका अधिकांश मानिसलाई कन्ट्याक–ट्रेस गरिसकिएको छ र उनीहरुमध्ये कोहीमा मबाट संक्रमण सरेको रहेनछ । मेरो घरका पनि सबैमा परीक्षण रिपोर्ट ‘नेगेटिभ’ नै आयो ।

सेल्फ–क्वारेन्टाइनको सतर्कता र विवेकसम्मत निर्णयकै कारण यस्तो भएको हो । लाम पनि पूर्ण रुपमा निको भइसकेका छन् र उनको स्वास्थ अवस्था ठीक छ । मलाई थाहा छ धेरै कुराहरु यस लेखमा भन्न सकिएको छैन । अस्पतालको तयारी सन्तोषजनक छ वा छैन, म र मेरा चिकित्सकबीच कस्तो संवाद हुन्थ्यो, कस्ता औषधी मलाई उपलब्ध गराइयो लगायत । मैले सेल्फ क्वारेन्टाइन र निको हुने प्रक्रियामा कस्तो नियम पालना गरेँ भन्ने विषयमा पनि लेखेको छैन । यद्यपी, म सधैं आफ्ना यी सबै अवस्थाबारे खुला रुपमा कुरा राख्न सधैं तयार हुनेछ र भविष्यमा यी विभिन्न पक्षबारे लेख्न पनि सक्नेछु । अन्ततः मेरो परिवार, डाक्टर, नर्स र मेरा साथीभाईका कारण आज मेरो मानसिक तथा शारीरिक अवस्था पूर्णरूपमा ठिक छ । ती सबै जो मेरो अवस्थाबारे जानकार हुनुहुन्थ्यो र सधैं मलाई साथ दिइरहनुभयो, म तपाईंहरुले विगत तीन सातामा मेरा लागि जे गर्नुभयो, यसका लागि कृतज्ञ छु ।

मैले यस प्रक्रियाका दौरान महसुस गरेको कुरा हामीले भाइरसबाट पर्ने मानसिक असरलाई बेवास्ता गर्छौं । स्वासप्रश्वाममा कमीजस्ता लक्षणले जसरी मानिसको भय र चिन्ता बढाइदिन्छ, त्यसरी नै आम मानिसले देखाउने घृणा र बेवास्ताले पनि कमजोर बनाउँछ । कोभिड–१९ घिन मान्नुपर्ने कुरा होइन र यो कुनै पनि व्यक्तिमा, कुनै पनि समयमा देखिनसक्छ । यो हामी सबैले बुझ्नुपर्ने कुरा हो । कसैले मजस्तै अवस्थामा आफुलाई पाउनु भएको छ भने त्यस्ता व्यक्तिलाई सधैं साथ दिन, उहाँहरुसँग कुराकानी गर्न (उहाँहरुले चाहेमा) चाहन्छु र उहाँहरुको शीघ्र स्वास्थलाभको कामना गर्दछु ।

नेपाली साहित्य तथा विविध विधामा कलम चलाउने लेखक उप्रेती रक्तदान अभियानन्ता समेत हुन् ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो