दुई पटक नेगेटिभ, तेस्रो पटक पोजेटिभ, त्यसको तीन दिनमै गयो नेपालीको ज्यान

डिसी नेपाल
१३ वैशाख २०७७ ९:१७

काठमाडौं। बेलायतमा कोरोना संक्रमणबाट अर्का एक नेपालीले ज्यान गुमाएका छन् । नेपालमा प्रधानाध्यापक रहेका हंसराज लिङदेनले बेलायतमा ज्यान गुमाएका हुन् । झापा घर भइ अहिले बेलायतको रेडिङमा बस्दै आएका लिङ्देनको बुधबार रोयल बर्कशायर अस्पतालमा निधन भएको हो ।

उनी तीन साताअघि अस्पताल भर्ना भएका थिए । दुई पटक परीक्षण गर्दा पनि उनमा कोरोना पोजिटिभ देखिएको थिएन तर तेस्रोपटक चेक जाँच गर्दा कोरोना पोजेटिभ पुष्टि भएको उनका नातेदार विजयविक्रम लिङ्देनले जानकारी दिए । उनलाई तीन दिन अघि मात्र कोरोना पोजिटिभ पुष्टि भएको थियो ।

लिङ्देन सुगर र प्रेसरका विरामी थिए । उनलाई श्वास फेर्न गाह्रो भएपछि अस्पताल लगिएको थियो । श्रीमती र दुई छोरीका साथ १४ वर्षदेखि रेडिडमा बस्दै आएका लिङ्देन झापा खुदुनाबारीको जनता माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक थिए । करिब ६५ वर्षीय लिङ्देनका दुई छोराहरु भने बेलायत बाहिर छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *