सुदुरपश्चिमेली नेपाली समाज पेनाङ मलेसियाद्धारा नेपाली हरुलाई राहत वितरण

डिसी नेपाल
१३ वैशाख २०७७ २१:३२

काठमाडौं । कोरोनाको माहामारीलाई नियन्त्रण गर्न मलेसियन सरकारले लागु गरेको आवागमन नियन्त्रण आदेश (एमसिओ) र नेपालको लकडाउनको कारण घर जान नपाएर खाध्यान्न अभाब झेलिरहेका नेपाली हरुलाई सुदुरपश्चिमेली नेपाली समाज क्षेत्रिय समिति पेनाङले खाध्यान्न सहयोग गरेको छ ।

मलेसिया स्थित पेनाङ राज्यको अकोमा केबल एण्ड मेटल कम्पनीमा काम गर्दै आएका सन्जीब कुमार साह, दयानन्द चौधरी, राजबुल महमद, नेब बहादुर खत्री र हिरा सिंह कम्पनीको कन्ट्राक अबधि सकिए पछि अप्रिल ३ तारीख नेपाल आउने तयारीमा थिए । तर मलेसिया सरकारले जारि गरेको एमसिओ र नेपालले लागु गरेको लकडाउनका बिच हवाई उडान बन्द भएपछि उनीहरु मलेसियामा रोकिएका थिए । उनीहरुका अनुसार घर जाने भनेपछि खर्चसमेत नराखेको अवस्थाले गर्दा खाध्यान्न आभाब भएको हो ।

खाध्यान्न अभाब झेलीरहेको उनिहरुलाई आज दोउसो सुदुरपश्चिमेली नेपाली समाज क्षेत्रिय समिति पेनाङका बरिष्ठ उपाध्याक्ष दिपकराज जोशीले राहत बितरण गरेको रमेश सिंह ऐरले डिसी नेपाल लाई बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *