ट्रम्पको पत्रकार सम्मेलन बन्द
बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूले शत्रुतापूर्ण प्रश्नमात्रै गरेर समय बेकारमा खर्च गरेको भन्दै शनिवार आफ्नो नियमित पत्रकार सम्मेलन गरेनन्।
बिहीवार ह्वाइट हाउसमा आयोजित सम्मेलनमा कोरोनाभाइरसको उपचारमा भाइरस मार्न बाह्यरूपमा प्रयोग गरिने डिसइन्फेक्टर सुईबाट शरीरमा हालेर परीक्षण गर्न सकिन्छ भन्ने अभिव्यक्ति दिएपछि ट्रम्पको सर्वत्र आलोचना भएको थियो।
त्यसका कारण आक्रोशित बनेका ट्रम्पले ट्वीटमा लेखेका छन्, ‘कमजोर मिडियाले शत्रुतापूर्ण प्रश्नभन्दा अरू नसोध्ने र सत्य वा तथ्यलाई सही तरिकाले लेख्न अस्वीकार गर्ने भएपछि ह्वाइट हाउसमा समाचार सम्मेलन गर्नुको के उद्देश्य रहन्छ। उनीहरूले कीर्तिमानी रेटिङ पाउँछन् र अमेरिकी नागरिकले मिथ्या समाचारबाहेक केही पाउँदैनन्।’
बीबीसीका उत्तर अमेरिका संवाददाता पिटर बाओसका अनुसार ट्रम्पको उक्त भनाइले उनकै समर्थकहरूलाई असहज बनाएको छ। ट्रम्पको ट्वीटले अब राष्ट्रपतिको नियमित पत्रकार सम्मेलन नहुने केही विवरणहरूलाई पुष्टि गरेको जस्तो देखिएको छ।
ती सम्मेलनले मतदाताहरूमाझ ट्रम्पको प्रसिद्धि नबढेको अध्ययनहरूले देखाएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment