नेपाली समाज अष्ट्रेलियाद्वारा पार्टी एकिकरणको स्वागत

डिसी नेपाल
१६ वैशाख २०७७ ११:३३

न्युयोर्क, अमेरिका । नेपाली समाज, अष्ट्रेलियाले नेपालका दुई ठुला दल समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीच भएको पार्टी एकिकरणको स्वागत गरेको छ।

तत्कालिन संघीय समाजवादी पार्टी निकट प्रवास संगठन नेपाली समाज, अष्ट्रेलियाले एक विज्ञप्ती जारी गर्दै नेपालको अग्रगामी परिवर्तनकारी शक्तिको रुपमा रहेका दुई ठुला दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी, नेपालबीच भएको पार्टी एकिकरणको स्वागत गरेको हो ।

समाजका अध्यक्ष गणेश तामाङद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “नेपालमा परम्परागत राजनैतिक पार्टीको बिकल्पमा बिचार संगठन र कार्यपद्धतिको दृष्टिले अग्रगामी लोकतान्त्रिक नयाँ ढंगको राजनैतिक शक्तिको निर्माण गरी हिमाल पहाड र मधेशका सबै राष्ट्रियताहरुको पहिचान र अधिकार सहितको संघियता समृद्धि शुसासन र समाजबादको निमार्ण गर्न तथा राष्ट्रीय मुम्ति आन्दोलनका भीषण आंधिबेहरी सृजना गर्न नेपालको अग्रगामि परिबर्तनकारी शक्तिको रुपमा रहेका दुई राजनैतिक दल समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भई जनता समाजवादी पार्टी नेपाल निमार्ण भएको यस ऐतिहासिक घडीलाई नेपाली समाज अष्ट्रेलिया परिवार हार्दिक स्वागत गर्दछौँ।”

साथै समाजले, यस ऐतिहासिक निर्णयमा देश विदेशमा रहेका सम्पुर्ण महिला, मधेसी, आदिवासी, जनजाति, खस, आर्य, दलित, मुस्लिम, थारु र पिछड़िएका तमाङ बर्ग लगायत समस्त जनसमुदायहरुलाई यस बैकल्पिक राजनैतिक शक्ति निर्माणको महान अभियानमा लामबद्ध हुन अपिल समेत गरेको छ।

नेपाली समाज अष्ट्रेलियाको वक्तव्य

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *