मलेसियामा सुरक्षा गार्डमा कार्यरत नेपालीले गरे आत्माहत्या

डिसी नेपाल
१६ वैशाख २०७७ १६:३०

मलेसिया । करिब ३ महिना अगाडी इम्प्रेरीयल इन्टरनेसनल म्यानपावर कम्पनीबाट इन्दल कुमार यादब मलेसिया आएका थिए । उनी एक हप्ता काम गरे पश्चात नेपाल फर्कने भन्दै काम छोडेर मलेसिया स्थित सेन्तुल होस्टेलमा बस्दै आएका थिए । कम्पनीले म्यानपावर कम्पनी संग कुरा गरेर नेपाल फर्काउने तयारी गरेको थियो तर मलेसियामा एमसिओ र नेपालमा लकडाउन भएको कारण नेपाल जान पाएका थिएन आवाप सेभ गार्ड मै कार्यरत सुरेश लोप्चनले भने ।

यादबले २ हप्ता अघिपनि आत्मा हत्याको प्रयास गरेको तर हस्पिटल लगरे उपचार गरी बचाएका थियौ । तर आज नाइट ड्युटीबाट आएका साथीहरु सुते पछि यादबले अन्दाजी बिहान ९ः३० बजे तिर होस्टेल भित्रै झुन्डिएर आत्माहत्या गरेको लोप्चनले जानकारी गराए ।

शव पोस्टमार्टमको लागि क्वालालम्पुर हस्पिटलमा लगिएको र आत्माहत्यको कारण भने खुल्न सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *