बहराइनमा थप ७७ नेपालीमा कोरोनाको पुष्टि, संक्रमित नेपालीको संख्या १ सय २६ पुग्यो

डिसी नेपाल
१७ वैशाख २०७७ ०:२२

मान्मा । बहराइनमा थप ७७ जना नेपालीमा कोरोना भाइरस ९कोभिड–१९ ) को संक्रमण देखिएको छ । याेसँगै बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १ सय २६ पुगेको मान्मास्थित नेपाली दूतावासले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बहराइनमा मंगलबारसम्म १ हजार ५ सय ५६ जनामा कोरोनाको संक्रमण देखिएको छ । उनीहरुमध्ये ८ जनाको ज्यान गएको छ,भने १२ सय ४६ जना उपचारपछि निको भएका छन् । दूतावासका अनुसार निको हुनेमा नेपालीहरु पनि रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *