समस्यामा परेका नेपालीलाई आफ्नो विवरण उपलब्ध गराउन यूएईस्थित दूतावासको आह्वान

डिसी नेपाल
१७ वैशाख २०७७ १०:४२

काठमाडौँ । आबुधाबीस्थित नेपाली राजदूतावासले कोरोनाका कारण यूएईमा समस्यामा परेका नेपालीहरुको विवरण संकलन गर्ने भएको छ ।

कोरोनाबाट प्रभावित नेपालीको विवरण संकलन गरेर अभिलेख राख्ने तथा समाधानको लागि पहल गरिने दूतावासले जनाएको छ ।अप्ठ्यारोमा परेका नेपालीले आफ्नो समस्या राजदूतावासको वेभसाइटमा उपलब्ध गराइएको फारम भरेर जानकारी गराउन अनुरोध गरिएको छ ।

उक्त फारममा आआफ्नो नाम थर, यूएईको ठेगाना, राहदानी नम्बर, सम्पर्क नम्बर, इमेल, पेशा, नेपालको ठेगाना, कम्पनी/स्पोनसरको सम्पर्क नम्बर, कम्पनी/स्पोनसरको सम्पर्क ठेगाना एवम् आफूलाई परेको समस्यालगायतका विवरणहरू उपलब्ध गराउन अनुरोध गरेको छ ।आफूलाई परेको समस्यालगायतका विवरणहरू उपलब्ध गराउन अनुरोध गरेको छ ।

फारममा आफ्ना विवरणहरु भरिसकेपछि आवेदनको अन्तिममा रहेको सबमिट बटनमा थिच्नुपर्नेछ । जतिसक्दो चाँडो आफ्नो विवरण उपलब्ध गराउन दूतावासले आग्रह गरेको छ । विवरणमा उपलब्ध गराइएका सूचना गोप्य राखिने दूतावासको भनाइ छ ।




प्रतिक्रिया

2 thoughts on “समस्यामा परेका नेपालीलाई आफ्नो विवरण उपलब्ध गराउन यूएईस्थित दूतावासको आह्वान

  1. Please , yaha bhayeko hami student haru lai yaha bay chado nikalnus, yaha adkirako cham helpless bhayera…??

  2. Student haru lai nikalnus , yaha sabei bhanda thulo problem student lai pareko cha , urope country haena yaha kamai chaena helpless bhauera basiracham 2 month dekhi…help grnus..

Leave a Reply

Your email address will not be published. Required fields are marked *