एकै परिवारका ८ जना नेपाली कोरोना संक्रमणबाट मुक्त भए, सवारी दुर्घटनामा पनि बाँचेका थिए

डिसी नेपाल
१७ वैशाख २०७७ १०:५२

काठमाडौं। अघिल्लो महिना भारतको मुम्बइमा बस्दै आएको एक नेपाली परिवारका ८ जनालाई कोरोनाभाइरस संक्रमण भएको थियो । अहिले ती आठैजना निको भएको खबर छ । उनीहरुले बीबीसीसँग कुरा गर्दै आफूहरुले अर्को जीवन पाएको बताएका छन् । परिवारका मुलीले भने तेस्रो जीवन पाएको बताए किनकि उनी यसअघि सवारी दुर्घटनामा पनि बाँचेका थिए ।

बीबीसीका अनुसार यो परिवार पश्चिम नेपालको अछाम जिल्लाको चैरपाटीका हुन् । यी ८ जना संक्रमित भएपछि उनीहरुको तीनवटा फरक फरक अस्पतालमा उपचार भएको थियो । संक्रमण मुक्त भएपछि उनीहरु अहिले दक्षिण मुम्बइस्थित आफ्नो घरमा उपचार गरिरहेका छन् । परिवारका मूली, उनकी श्रीमती, दुई छोरी, तीन भाइ र एक भतिजामा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । घरमूलीका १२ वर्षे छोरा, भाइबुहारी र भतिजी बाहेक परिवारका सबैमा संक्रमण देखिएको थियो ।

यी ८ जनाको मुम्बइका ट्रमा, कस्तुरवा र पी. डब्लू अस्पतालमा उपचार गरिएको थियो । उनीहरू २२ देखि २५ दिनसम्म अस्पतालमा बसेका थिए । परिवारका मूलीले संक्रमणमुक्त भएपछि हिन्दु विधि अनुसार पूजापाठ गरेर परिवारका सबै सदस्यहरू दक्षिण भारतको मुम्बई स्थित गिरगाउँ चौपट्टीमा रहेको घरमा प्रवेश गरेको र पहिलाजस्तै एकजुट भएर रमाएको बीबीसीसँगको कुराकानीमा बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *