लकडाउनमा खानेकुरा किन्न घरबाहिर निस्केका छोराले दुलही लिएर फर्किएपछि…

डिसी नेपाल
१८ वैशाख २०७७ ९:२०

काठमाडौं। लकडाउनका क्रममा पछिल्लो समय निकै रोचक घटनाहरु सार्वजनिक भइरहेका छन् । यस्तै अर्को घटना भारतको उत्तर प्रदेशको गाजियाबाद जिल्लामा भएको छ । यहाँका एक युवक लकडाउनका क्रममा खाद्यान्न र तरकारी लिन घरबाहिर निस्केका तिए । तर, घर फर्किंदा उनले साथमा बेहुली लिएर आए । आज तकको समाचार अनुसार घटना जिल्लाको साहिबाबाद क्षेत्रको हो ।

लकडाउनमा अचानक छोराले दुलही लिएर आएपछि युवककी आमाको होश उड्यो । खासमा ती युवकले गर्लफ्रेण्डलाई पत्नी बनाएर लिएर आएका थिए । रिसाएकी युवककी आमाले बेहुलीलाई घरमा पस्न दिइनन् । त्यसपछि यो विवाद पुलिसमा पुग्यो । बेहुलीको पहिरनमा युवती र उनको साथमा युवक थानामा थिए । त्यहाँ युवककी आमा पनि आइन् र खुला शब्दमा भनिदिइन् कि लकडाउनको उल्लंघन गर्ने छोरालाई घरमा पस्न दिन्न ।

अहिलेको लागि युवककी आमा राजी नभएपछि पुलिले यी दुईलाई छुट्टै कोठा भाडामा लिएर बस्न भनेको छ । लकडाउनका क्रममा घरबाहिर निस्केका यी युवकले अचानक बेहुली लिएर फर्किएपछि मानिसहरु चकित परेका छन् । युवकका अनुसार यी दुईले एक महिना पहिले नै हरिद्वारमा बिहे गरिसकेका छन् । यो विवाद अहिले यहाँको पुलिसको लागि पनि टाउको दुखाइ बनेको समाचारमा उल्लेख छ । तत्कालको लागि यो जोडी कोठा भाडामा लिएर बस्न थालेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *