नेपालीको वार्षिक कमाई १ लाख २६ हजार

डिसी नेपाल
१८ वैशाख २०७७ ९:५६

काठमाडौं। नेपालीहरुले वार्षिक रुपमा एक लाख २६ हजार रुपैयाँ कमाउने गरेको पाइएको छ।

तथ्यांक विभागले बुधबार सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा नेपालीको औषत वार्षिक आय एक लाख २६ हजार रुपैयाँ पुगेको जनाएको छ। गत आवमा प्रतिव्यक्ति आय १ लाख १७ हजार रुपैयाँ रहेकोमा चालु आवमा ९ हजार रुपैयाँ बढेको हो।

विभागका अनुुसार चालू आवमा नेपालीको प्रतिव्यक्ति आय एक हजार ८५ डलर पुगेको छ। गत वर्ष प्रतिव्यक्ति आय एक हजार ३९ डलर थियो।

सरकारले चालु आवमा नेपालीको प्रतिव्यक्ति आय १ हजार १२० डलर पुर्र्याउने लक्ष्य लिएको थियो। लक्ष्यभन्दा ३५ डलर न्यून मात्रै भएको तथ्यांक विभागले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *