उदयपुरको बेलका र मैनामैनीमा ५७ जनाको स्वाब सङ्कलन

डिसी नेपाल
१९ वैशाख २०७७ १६:३६

उदयपुर। अहिले कोरोनाको केन्द्रविन्दुको रुपमा देखापरेको उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिकाको बेलका र सोही नगरपालिकाको वडा नं ७ मैनामैनीमा ५१ जनाको स्वाब नमूना सङ्कलन गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यलय उदयपुरका अनुसार बिहीबार जिल्लाको बेलका नगरपालिकाको रामपुरमा २६ र सोही नपाको मैनामैनीमा २५ गरी कूल ५१ जनाको स्वाब नमूना सङ्कलन गरिएको छ । ती सबै नमूना परीक्षणका लागि प्रदेश नं १ जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको हो । बेलकाको मैनामैनीलाई जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले खतरायुक्त स्थानको रूपमा सूचीकृत गरेको कारण पनि मैनामैनी र बेलकामा स्वाब नमूना सङ्कलन गरेर परीक्षणका लागि विराटनगर पठाइएको कार्यालय प्रमुख मोहन सुवेदीले बताए।

त्यसैगरी, जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको भुल्के, गाईघाट, बोक्से, मोतिगडा क्षेत्रका ८३ जनाको स्वाब नमूना ।सङ्कलन गरेर परीक्षणका लागि विराटनगर पठाएकामा ५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने अन्य व्यक्तिको रिपोर्ट आउन बाँकी छ । बिहिबार ५७ जनाको रिपोर्ट नेगेटिभ आएको र बाँकी अन्यको आज साँझसम्ममा रिपोर्ट आउन सक्ने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

स्वास्थ्य कार्यलय उदयपुरका टोली र बेलकाका स्वास्थ्यकर्मीसहित १० जनाको टोलीले स्वाब नमूना सङ्कलन गरेको स्वास्थ्य कार्यलयले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *