आफ्नो बिरामी बच्चालाई मुखमा च्यापेर डाक्टर खोज्दै बिरालो अस्पताल पुगेपछि…

डिसी नेपाल
२० वैशाख २०७७ ८:५५

काठमाडौं। सामाजिक संजालमा पछिल्लो समय एउटा घटना निकै चर्चामा छ । यो घटनाका केही फोटोहरु सार्वजनिक भएका छन् । फोटोमा एउटा बिरालो आफ्नो बिरामी बच्चालाई मुखमा च्यापेर उपचारको लागि डाक्टर खोज्दै अस्पताल पुगेको छ । घटना टर्कीको इस्तानबुल शहरको हो । बिरालो र उसको बच्चाको फोटो ट्वीटर युजर ओजकनले शेयर गरेका हुन् ।

बिरालो आफ्नो बच्चालाई लिएर अस्पताल पुग्दा अस्पतालका स्वास्थ्यकर्मी पनि त्यहीँ थिए । फोटो पोस्ट गर्दै ओजकनले लेखेका छन् ‘आज हामी इमरजेन्सी रुममा थियौं । त्यही बेला एउटा बिरालोले आफ्नो बच्चालाई मुखमा च्यापेर लिएर आयो ।’ बिरालो बच्चालाई लिएर अस्पताल पुगेपछि स्टाफले उनलाई खाना दिन्छन् र बच्चालाई लिएर उपचारको लागि भित्र जान्छन् । यो पोस्ट ट्वीटरमा निकै चर्चामा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *