हाम्रा इच्छा र दासहरुको हर्कत

डिसी नेपाल
२० वैशाख २०७७ ९:३२

महामारीको कहरमा होस या विनासको कहरमा होस् मान्छेले इच्छा मार्दैन । मान्छेको आँखाबाट आफूलाई, अरुलाई, प्रकृतिलाई सुक्ष्मरुपमा या बृहद रुपमा फरक फरक देख्छ ।

इच्छारुपी आँखाले परिवेश र परिस्थिति आफ्नो अनुकुल छ छैन परख गर्छ । कसैले आफू चोरी गर्छ भने प्रायलाई चोर देख्छ । कामुक छ भने अन्यलाई पनि कामुक नै देख्छ । कपटी छ भने कपटी नै देख्छ, उसका बाह्य एकै अन्तरचक्षुले । कविला युग होस् या आजको । समुह, विचारको आधारमा समाजलाई बाटेका छौँ ।

दल भएपछि विचार र दृश्चिकोण फरक फरक नै हुन्छ । घरभित्र कैद बस्दा होस् या जेलमा मान्छेले इच्छाको हत्या गर्दैन । जब दल हुन्छ, दलभित्र विभिन्न समुह हुन्छ्, आ आफ्ना झुण्डहरु हुन्छन् । आफ्ना, झुण्ड, समुह, कोटरी प्यारा लाग्छन्, बाबु आमालार्य आफ्ना सन्तति प्रिय लागेझैँ । इच्छा गर्दैमा देवकोटाको उडिछुनु चन्द्र एक को भनाइ पनि लागु हुन्छ र हुँदैन पनि । सबै इच्छा गर्दैमा चाणक्य हुँदैनन् । सबै पृथ्वीनारायण शाह हुँदैनन्, देवकोटा र रिमाल पनि हुँदैनन् । हामीले इच्छा गर्दैमा नेपालको सन्दर्भमा दलका नेताहरु मध्ये कोही आँखामा महान् देखिनेहरु पनि हाललाई सबै विपी, पुष्पलाल, मदन भण्डारी, कृष्णप्रसाद भट्टराई हुँदैनन् ।

कसैमा विम्व र प्रतिविम्व खोज्नु मान्छेको इच्छाको अर्मुत चाहना हो । मुर्तता आजको यथार्थ हो । भुतकालको विवरणले वर्तमानलाई खाइरहन्छ र वर्तमानले छलाङ लगाउन खोजिरहन्छ । इच्छारुपी मनको आँखाले वरपर हेरिरहन्छ, जिज्ञासुपाराले सुदूर भविष्यको लागि । शरीरले आफ्नो यात्रा महामारी होस् या अन्य विपत्तिमा जेनतेन चलाउँछ र इच्छाको आँखाले पुनः आफूलाई आफू अनुकुल परिभाषित गर्न खोज्छ ।

जीवनमा वा राजनीतिमा जव जिजिविषाले काम गर्न छोड्छ मान्छेको जीवन आत्माहत्यातिर जान्छ र राजनीति पतनतिर जान्छ । अझ जीवनमा इच्छाको लागि नफरत इष्र्या, द्वेषकोे भावना राख्छ, उसले विष खान्छ र अरुलाई पनि खुवाउँछ । यो समाजको राजनीतिदेखि हरेक अङ्गमा लागू हुन्छ । सत्ताको साम्राज्य मान्छेले पाउने वित्तिकै दीर्घकालीन साम्राज्यको लागि लालायित हुन्छ ।

उसका इच्छारुपी आँखा लोभिँदा उसको शान्ति त हराउँछ र स्वयंलाई नास गर्दै जान्छ । दुनियाभरमा एकथोक भनेर जनताबाट चुनिने र सत्तामा पुगेपछि आफैंमात्र चुलिने तर व्यक्तित्वचाहिं बद्नाम हुंदै जाने नेताका धेरै उदाहरणहरु छन् । यस्तो उदाहरण खोज्न हाम्रै देशभन्दा टाढा जानु पनि पर्दैन । इच्छा चाहिन्छ, इच्छाले नै मान्छेलाई श्रेष्ठता दिन्छ । कहिले इच्छाले रामको श्रेष्ठता दिन्छ, कहिले रावणको श्रेष्ठता दिन्छ यो इच्छाको जन्म कसरी गरियो त्यसमा भर पर्छ ।

इच्छा त्याज्य होइन । तर, इच्छा अरुको अहितविना आफ्नो हित सोच्नु श्रेष्ठता हुन्छ । क्रोधलाई क्रोधले जित्दैन । आगोले आगोलाई निभाउँदैन । जव सयको विपरीत सोच्न थालिन्छ, समाजका नायकहरु, समाजका सदस्यहरुले जीवन र जगतमाथि नै प्रश्नचिञ्ह लगाउँछन् । दासहरुको भीड जम्मा गर्न थाल्छन् नायकहरु ।

इच्छा त्याज्य होइन । तर, इच्छा अरुको अहितविना आफ्नो हित सोच्नु श्रेष्ठता हुन्छ । क्रोधलाई क्रोधले जित्दैन । आगोले आगोलाई निभाउँदैन । जव सयको विपरीत सोच्न थालिन्छ, समाजका नायकहरु, समाजका सदस्यहरुले जीवन र जगतमाथि नै प्रश्नचिञ्ह लगाउँछन् । दासहरुको भीड जम्मा गर्न थाल्छन् नायकहरु । ऐतिहासिक दास युगको चिन्तन आजको उत्तर आधुनिक पूँजीवाद, माक्र्सलाई खोपीको देउता बनाई समाजवाद खोज्ने युगको कुरा गरौँ ती सबैमा समावेसीझैँ हराभरा भई उत्पादक गरेको गर्यै छ । नायकलाई गुलामको भनाइ नै सत्य लाग्छ ।

उसको इच्छापनि त्यतातिर नै दौडिरहेको ह्न्छ । वैभव र विनासको वीचमा अड्किरहेको मन्छेलाई विनासकारी गुलामी चिन्तनभन्दा सकारात्मक चिन्तनसहितको पुरुषार्थ आवश्वकता हुन्छ । तर गुलामले घेरिएकाहरुले पुरुषार्थ गर्नै सक्दैन । कुटिल षड्यन्त्रमात्र गर्छ । विश्वको कुनै पनि कुनामा गुलामी मन पराउने नेता, समाजको नायकहरुको साधन र श्रोतको प्रयोग आफ्नो लागि र गुलामका लागि गर्छन् । आधुनिक गुलामहरु गुलामी मै रमाउँछन् ।

यो गुलाम हलिया प्रथाको गुलामको विम्व होइन । हलिया प्रथा सामाजिक शोषण हो । राज्ययन्त्रका अवयवहरु भित्र गुलामी चिन्तन र प्रवृतिको महल खडा गराउँदै नायक भजन स्तुतिमा रमिरहन्छ । भजनेहरु भजन गाइरहन्छन् । भजन नै गुलामहरुको उन्नतिको भर्याङ हो तिनका लागि । जव समाजमा यस्तो गुलामी प्रथा कोरोनाझैं महामारी बनी फैलिन्छ, तब श्रेष्ठ विचारक, सकारात्मक चिन्तक, आलोचकहरु माथि अतिक्रमण हुन्छ र भएका छन् । नेपालमा कुनै दलपनि यसबाट अछुतो छैन ।

दासमनोवृत्तिको ऐतिहासिक तथ्य नै स्वतन्त्रतामाथि अतिक्रमण हो, विचारको नाममा उपभोक्तावादको नाममा या अन्य कुनै नाममा ।
स्वभाव हो मानवजन्य यो । मान्छेले इच्छा पाल्छ, फलाउँछ, फुलाउँछ र मार्छ । मान्छे क्षणिक लाभ र हानीका लागि आफ्ना इच्छालाई वृतातिर प्रवाहित गर्छ । म चोखो छैन, म पनि एक प्रकारको दास भइसकेको रहेछु । लकडाउनको आत्म चिन्तन हो यो ।

आफू, समुदाय, समाजलाई इच्छाका दास र दासका नायकहरुले भिन्डन्तमा उतार्छन् । यो वास्तवमा सबैभन्दा धेरै राजनीतिक इच्छाहरु पालेकाहरुमा हुन्छ र काला व्यापारी महाजनहरुले यसलाई साथ दिएका हुन्छन् । जिन्दगी जोखिम हो, प्राणी जगतले जोखिम मोलिरहेको हुन्छ र छ । सकारात्मक जोखिम लिने कि नकारात्मक जोखिम लिने मान्छे आफैँले निर्धारण गर्ने हो । राम रावणका लागि शत्रु, हनुमानका लागि राम प्रिय, कंश र कुरुवंश सिसुपालका लागि राम र कृष्ण शत्रु, पाण्डवका लागि मित्र दोहोरिएका कथा कहानी पढेर हुर्किएका हामीले ती अतितका चिन्तनमध्ये समाजमुलक, समतामुलक, न्यायमुलक, कुन थिए हामीले आफैं निर्धारण गर्ने हो ।

आफ्ना चरित्रहरु समाज देश, विश्वका लागि लिने कि आफू र आफ्ना गुलामका लागि लिने भन्ने कुराले सामाजिक ढाँचा उत्पादन र व्यवहारको निर्धारण हुन्छ । संसारमा मान्छे राम्रा नजन्मिएका होइनन् तर धेरैले समुदाय, समाज, राष्ट्र र विश्वका लागि आफ्नो जीवन र कमाएको पुँजीलाई चुनौतीको भूमरीमा पनि हालेका छन् । जीवन सहजताका लागि मानवीयतको संघर्ष र सुनको मृगको पछाडि दौडिनेको जीवनधार इच्छाहर फरक फरक छन् ।

जीवनको स्थायीत्व छैन भने जीवनको जन्मपछि हुर्काइको एक चरणमा प्राप्त भएको पद प्रतिष्ठा र धनको पनि स्थायीत्व छैन । तहगत सामाजिक, राजनैतिक संरचनाभित्र समाजले देशले पत्याएका व्यक्तिहरु जनताका लागि जनताद्वारा चुनिएर प्रतिनिधि पात्रहरुको बढुवा, घटुवा र नास भइरहन्छ । पात्रहरु निराकार होइनन् साकाररुप हुन् । त्यसैले ती पात्रहरुले पाउने पदहरु नासवान् छन् ।

जतिसुकै छलफल गरेपनि, वल गरे पनि अविरलरुपमा प्रकृतिको सत्ताबाहेक अन्य सत्ता स्थायी रहँदैन । हामी देवता होइनौँ । आजको युगमा नरबाट नारायण बन्ने एउटा व्यक्तिले कल्पना रुची इच्छा पालेर साँचेको भए पनि त्यो पूरा हुँदैन । तिमी दास भए पनि, नायक भए पनि, म दास भएपनि, म नायक भए पनि तिमी, जनप्रतिनिधिका रुपमा समयको गणनाभित्र चुनिएको भएपनि हामी मान्छे हौँ । देवता बन्ने कोसिस नगरौँ । समुदायको कल्याणसहित जिविकोपार्जन गर्दै लागि परौँ ।

प्रिय मान्छेहरु मलाई मैले, तिमीलाई तिम्ले आलोचना गरौँ, सुधारिएको र सामाजिक मान्छे बन्न सकौँ । नरबाट नारायण कोही पनि बनेको छैन अहिलेसम्म । यो कुरालाई समयमै बुझौं सत्ताधारी कमरेड नत्र समयले छोड्ने छैन है ।




प्रतिक्रिया

One thought on “हाम्रा इच्छा र दासहरुको हर्कत

  1. राजनीतिक सामाजिक मूल्य बिरोधी कथित नायकहरु फगत दासहरुका मालिक मात्र हुन । सहि लाग्यो हजुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *