कथा : आमाको माया

राधिका दाहाल
२३ वैशाख २०८१ १२:४३

निर्मलकी आमाको तरकारीको सानो घुम्ती पसल थियो। उनी तरकारी बेचेर जीबिका चलाउँथिन्।‘आमा आमा तपाईँले मलाई विहानै खाना खुवाएर पसलमा आउनु भयो, अहिलेसम्म तपाईंले खाना खाएको छैन। म तरकारी बेच्न बस्छु, तपाईं खाना खान जानुहोस्’।

‘बाबु आज त्यति ब्यापार भएको छैन, तँ पसलमा बस्दा कसैले पनि तरकारी किन्दैनन्, फेरि तँलाई हिसाब गर्न पनि आउँदैन’।

अस्ति एकजना अंकलले आफैं हिसाब गरेर फर्सीको मुन्टा र टमाटर लैजानु भयो‘। आमा फेरी तपाईंको पेट दुख्छ, डाक्टर अंकलले खाली पेट नबस्नु भन्नु भएको छ’।
निर्मल आमालाई ठेल्दै खाना खान पठाउँछ।

७-८ वर्षको निर्मल ‘मुन्टा मुन्टा, ताजा ताजा फर्सीकाे मुन्टा, ताजा ताजा कुरीलो, ताजा ताजा करेला, टमाटर, सिमी बोडी सस्तो सस्तो तरकारी, किन्नुहास्, किन्नुहोस् ताजा ताजा’ …।

उसको मिठोबोली सुनेर एकहुल मानिसहरु उसको तरकारी पसलमा झुम्मिनछन् र आफूलाई चाहिएको तरकारी छानेर‘ठूलो मानिसलाई बोलाउ बाबु ‘ भन्छन्।

‘मेरो बुबा हुनुहुन्न, आमालाई डाक्टर अंकलले धेरैबेर भोकै नबस्नु भनेको छ अनि मैले खाना खान पठाएको छु, तपाईंहरु आफै तरकारीको पैसा दिनुहोस्, दाम चैं यति यति हो’।

‘ ए बाबु आजको ब्यापारी ? ल ,ल भन्दै सबैलै तरकारी लिएर पैसा दिए। एकजना दिदीले दुईमुठा मुन्टा लिएर पैसा नतिरी हिँडिछन्।

‘ए दिदी तपाईंले मुन्टाको पैसा दिनुभएन’ भन्दै निर्मलले कुदेर च्याप्प हात समायो।

बाबु म पैसा साट्न हिनेकी‘।

‘त्यही अरुले दिएको पैसाले साट्न पुग्छ’ भन्दै उनलाई पसलमा तान्दै ल्यायो।

‘यति ज्ञानी बाबुलाई तपाईंले झुक्याउनु हुन्छ? तपाईंको पैसा हामी साटिहाल्थेउँ नि’।

यो बाबुसँग तपाईंले कुरा सिक्नुपर्छ, उसले आफ्नी आमालाई कति माया गर्दो रहेछ’।

ती केटी रातीपिरी हुँदै आफ्नो ब्याग खोलिन्, उनको ब्यागमा भएको सय रुपैयाँ अर्को मानिसले देखाइदिए।

ती केटीले सबैसँग माफी मागिन्।

निर्मललाई सबैले स्याबासी दिए।

निर्मलकी आमा हतार हतार गर्दै पसलमा आइन्। उसले आफ्ना सबैकुरा आमालाई सुनायो। आमा खुसी हुँदै छोरालाई अंकमाल गरिन्। ‘स्याबास छोरा यसरी नै चारैतिर आँखा पुर्‍याउनु पर्छ है’

‘आमा मेरो स्कुल छुट्टी भएको बेला म यसरी नै पसलमा आएर तपाईंलाई सघाउँछु है’।

आमाले निर्मलको टाउको सुम्सुयाइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *