दक्षिणी गाजाको रफाह क्षेत्र छोडन हजारौँलाई इजरायलको चेतावनी

डिसी नेपाल
२९ वैशाख २०८१ २१:२२
32
Shares

काठमाडौं। इजरायली सेनाले दक्षिणी गाजाको रफाहबाट हजारौँ मानिसहरूलाई क्षेत्र छाड्न आग्रह गरेको छ।

इजरायलले रफाहको पूर्वी जिल्लाका बासिन्दाहरूलाई समुद्री किनार नजिकैको साँघुरो पट्टी अल–मावासीमा जान आग्रह गरेको छ। इजरायलले यो साँघुरो क्षेत्रलाई मानवीय क्षेत्र घोषणा गरेको छ।

प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय निकायले यस क्षेत्रमा पिउने पानीको सुविधा तथा सरसफाइको व्यवस्था नभएको बताएको छ।

इजरायलले उत्तरी गाजाका केही क्षेत्रहरूमा पनि यस्तै आदेश जारी गरेको छ। इजरायली सेनाले यसअघि यी क्षेत्रहरूलाई हमास लडाकुहरूबाट मुक्त घोषणा गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *