निजी क्षेत्रले माग्यो २ खर्बको आर्थिक प्याकेज

डिसी नेपाल
२४ वैशाख २०७७ १२:५१

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) बाट क्षति भएको अर्थतन्त्रको पुनरुत्थानका लागि निजी क्षेत्रका व्यवसायीहरुले सरकारसँग २ खर्बव बराबरको विषेश प्याकेज माग गरेका छन्।

निजी क्षेत्रका व्यवसायीहरुको संस्था नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको ५ प्रतिशत बजारकको प्याकेज आयश्यक रहेको बताए। नेपालको अर्थतन्त्रको आकार ३७ खर्ब रहेको छ।  निजी क्षेत्रको माग अनुसार राहत प्याकेज ल्याउने हो भने सरकारलाई २ खर्ब आवश्यक हुन्छ।

बन्द हड्ताल, नाकावन्दी, लोडसेडिङ, भूकम्प जस्ता समस्या भनेको नेपाली अर्थतन्त्र तत्काल रिकभर भएपनि यसपटक कोरोनाको प्रभाव लामो हुने गोल्छाको भनाइ छ।  ‘कोभिड–१९ का क्षतिबाट तुरुन्त रिभाइभ हुन सक्दैनौ। पर्यटन दुई वर्षसम्म रिभाईभ हुँदैन। कृषि क्षेत्रमा पोल्टीलगायत लाइभ टक इन्डष्ट्रीमा पनि समस्या हुनेछ, जसले लामो समयसम्म जान्छ ,’ उनले भने।

रेमिट्यान्ससमा समेत प्रभाव पर्ने र विदेशमा रहेका ५ लाख भन्दा बढी कामदार फर्किने भन्दै उनले अहिलेको समस्यालाई हेर्ने दृष्टिकोण भिन्न हुनु जरुरी रहेको र अर्थतन्त्रको पुनरुत्थान र स्वपुँजी निर्माणमा जोड दिनु जरुरी रहेको बताए।

उपाध्यक्ष गोल्छाले आगामी दिनमा श्रम ऐनमा सुधार, भन्सार व्यवस्थापन, निर्यातजन्य उद्योगलाई प्रोत्साहत, करका दरहरुमा पुनरावलोकन र सम्पति शुद्धिकरणका प्रावधानहरुकमा सहूलियतको आवश्यक्ता औंल्याए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *