लकडाउन जेठ पाँच गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय
काठमाडौं। सरकारले जारी लकडाउन जेठ पाँच गतेसम्म थप गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन जेठ पाँच गतेसम्म जारी राख्ने निर्णय गरेको हो।
यसैगरी सरकारले अन्तर्राष्ट्रिय सीमानाका कडाइका साथ सिल गर्ने पनि निर्णय गरेको छ। भारतसँग जोडिएका सीमानाकाबाट लुकिछिपी मानिस आउन थालेपछि सरकारले त्यसलाई पूर्ण रुपमा रोक लगाउन सीमा नाका सिल गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
यसैगरी अन्तर्राष्ट्रिय उडान जेठ १८ गतेसम्म प्रतिबन्ध लगाउने पनि निर्णय गरेको छ। काठमाडौं उपत्यकामा बाहिरबाट सवारी साधन र मानिसलाई आउनसमेत प्रतिबन्ध लगाउने सरकारले निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। सरकारले अन्तिम पटक थप गरेको म्याद बिहीबार (भोलि) सकिँदैछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment