नेकपा सचिवालय बैठक बालुवाटारमा जारी
काठमाडौं। बिहीबार बस्ने स्थायी कमिटीमा छलफल हुने एजेण्डा तय गर्न नेकपा सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा स्थायी कमिटी बैठकमा छलफल हुने एजेण्डा र दुई अध्यक्षले प्रस्तुत गर्ने प्रतिवेदनका विषयमा छलफल भइसकेको छ।
सरकारले राजनीतिक दल विभाजन सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि उत्कर्षमा पुगेको नेकपाभित्रको विवाद शनिबार बसेको सचिवालय बैठकमा केही समाधान गरेको थियो।
तर बाँकी विवाद स्थायी कमिटी बैठकमा छलफल गर्ने भन्दै नेकपाले बिहीबार बस्ने गरी सचिवालय बैठक बोलाएको छ। सोही बैठकमा प्रस्तुत हुने एजेन्डा र अध्यक्षले प्रस्तुत गर्ने प्रतिवेदनका विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment