No ads found for this position
No ads found for this position

पास भए पनि सवारी साधन चलाउन नपाइने

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२४ वैशाख २०७७ १७:०३
No ads found for this position

दाङ । जिल्ला प्रशासन कार्यालय दाङले बन्दाबन्दीलाई थप कडा गर्न थालेको छ । अत्यावश्यक सवारी साधनबाहेक पास भए पनि कसैका गाडी गुडाउन नदिने निर्णय भएको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले बताए । खड्काका अनुसार पासको बहानामा राति जथाभावी हिँडडुल गर्न लागेको पाइएपछि यस्तो निर्णय गर्नुपरेको हो ।

छिमेकी जिल्ला बाँकेमा कोराना सङ्क्रमित बढेपछि दाङमा बन्दाबन्दीमा कडाइ गर्न थालिएको छ । प्रहरीले शहर बजारमा पासको बहानामा विनाकाम हिँड्नेलाई लाठीसमेत लगाउन थालेको छ । अत्यावश्यक काम नपरी सडकमा हिँड्नेलाई सडकमै दिनभर राख्ने र बेलुकीपख प्रशिक्षण दिएर छाड्ने गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्काले जानकारी दिए । मंगलबार जिल्लामा १८१ जनालाई सडकमै राखी प्रशिक्षण दिएर छाडिएको डिएसपी खड्काले बताए । यसैगरी जिल्लाका विभन्न स्थानमा गरी ८० सवारी साधनलाई नियन्त्रणमा लिइएको छ ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेकोे दिनदेखि नै प्रहरीले सवारी साधन नियन्त्रणमा लिने गरेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *