जेठ दुईमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

डिसी नेपाल
२५ वैशाख २०७७ १४:२७

काठमाडौं। शुक्रबारदेखि सुरु हुने संघीय संसदको बर्खे अधिवेशनमा जेठ दुई गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ। जेठ दुई गते राष्ट्रदेवी विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ।

यसैगरी वैशाख २८ र २९ गते प्रि–बजेटमा छलफल हुने कार्यसूची तय भएको छ। जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।   जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान भएकाले त्यस अघि नै प्रि-बजेट छलफल गर्नुपर्ने कानुनी व्यवस्था छ।

यसैबीच संघीय संसद दुवै सदनका सांसद, कर्मचारी र मर्यादा पालकलगायत पाँच सय भन्दा बढीको कोरोनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *