मलेसियामा ९ जना नेपाली सुरक्षा गार्डमा कोरोना पुष्टि, संक्रमित नेपालीको संख्या १८ पुग्यो

डिसी नेपाल
२५ वैशाख २०७७ १८:२३

क्वालालम्पुर । मलेसियामा थप ९ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुर नजिकै रहेको चेरासस्थित एक सपिङ सेन्टरमा काम गर्ने ९ जना नेपाली सुरक्षा गार्डहरूलाई एकैदिन कोरोना पोजेटिभ देखिएको मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचाररत रहकोे मन्त्रालयको भनाइ छ। उनीहरूसँगै एक मलेसियनलाई पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

उनीहरुमा संक्रमण देखिएपछि अन्य साथिहरु र सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट् ट्रेसिङ सुरु गरिएको छ ।

योसँगै् मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या १८ पुगेको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार संक्रमित मध्ये ३ जना उपचारपछि निको भएका छन् ।

मलेसियामा हालसम्म ६ हजार ४ सय ६७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ सय ७ जनाले ज्यान गुमाएका छन् भने ४ हजार ७ सय ७६ जनाले उपचारपछि स्वास्थ्य लाभ गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *