अस्ट्रेलियामा नेपाली युवतीले आत्महत्या गरिन्

डिसी नेपाल
२६ वैशाख २०७७ १३:४७

काठमाडौं । अस्ट्रेलियामा एक नेपाली युवतीले आत्महत्या गरेकी छिन् । न्यू साउथ वेल्सको राजधानी सिड्नीको रकडेलस्थित फ्रेड्रिक स्ट्रिटमा बस्ने २५ वर्षकी नेपाली युवतीले आत्महत्या गरेकी हुन् । उनी त्यहाँ आफ्ना श्रीमानसँग बस्थिन् ।

उनी आफ्नै कोठाको दराजको कपडा झुन्ड्याउने रडमा झुन्डिएको अवस्थामा भेटिएकी हुन् । उनी दुई वर्षअघि मास्टर्स गर्न आएकी थिइन् भने उनको श्रीमान् गत वर्ष डिपेन्डेटको रूपमा आएको बुझिएको छ । उनले आत्महत्या गर्नुको कारण प्रष्ट भएको छैन । नेपालमा उनको श्रीमानको घर काठमाडौको बानेश्वरमा रहेको बुझिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *