प्रदेश नं २ मा स्वाब सङ्कलनमा तीव्रता

डिसी नेपाल
२६ वैशाख २०७७ १७:२८

जनकपुरधाम । प्रदेश नं २ मा कोरोना भाइरसको रोकथाम तथा उपचार गर्ने उद्देश्यका साथ स्वाबको नमूना सङ्कलन कार्य तीव्ररुपमा शुरु भएको छ ।

यस प्रदेशमा अहिलेसम्म ३० जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । सवैभन्दा बढी वीरगञ्जस्थित छपकैयामा एउटै परिवारका १७ जनामा कोरोना पुष्टि भएको हो । यस प्रदेशमा काठमाडौँबाट भिटिएमसहित जनशक्तिको टोली आइरहेको छ । सो जनशक्तिका साथै प्रदेशका स्वास्थ्यकर्मीले शनिबार र आइतबार स्वाबको नमूना सङ्कलन कार्यमा थप तीव्रता दिने समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

प्रदेशमा आजसम्ममा पिसिआर प्रविधिबाट तीन हजार १७३ को स्वाबको नमूना सङ्कलन गरिएको छ । सोमध्ये दुई हजार ३९३ को रिपोर्ट नेगेटिभ आएको र ७५० को रिपोर्ट आउन बाँकी रहेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३० जना सङ्क्रमित भएका छन् । सोमध्ये २८ जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको सचिव डा घिमिरेले जानकारी गराए ।

प्रदेशअन्तर्गतका आठवटा जिल्लाका विभिन्न क्वारेन्टाइनमा एक हजार ३८९ बसेका छन् भने चार हजार ६६६ होम क्वारेन्टाइनमा र ४१ जना आइसोलेसनमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *