कतारबाट पठाइयो फर्काइएका ९४ जना नेपाली कामदारहरुको तलब

डिसी नेपाल
२६ वैशाख २०७७ २१:५५

काठमाडौँ । कतारबाट नेपाल फर्काइएका कामदारहरुले पाउने बाँकी तलब पठाइएको छ । कतार सरकारले गएको मार्चमा नेपाल फर्काएका ९४ जना कामदारहरुले पाउन बाँकी रहेको तलब पठाइएको हो ।

दोहास्थित नेपाली दूतावासका अनुसार विभिन्न कारणले कतारका अल ब्यान्डरी ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनीमा कार्यररत ८४ जना कामदारले पाउनु पर्ने बाँकी तलब कतारी रियल ३ लाख ४६ हजार ३ सय २० र आल्मुनियम गल्फ कम्पनीमा कार्यररत १० जनाले पाउनु पर्ने बाँकी तलब कतारी रियल २६ हजार ८ सय १ गरेर जम्मा कतारी रियल ३ लाख ७३ हजार १ सय २१ ( नेपाली करिब १ करोड २३ लाख ९४ हजार ) नेपाल पठाइएको हो ।

उक्त रकम राजदूतावासको समन्वयमा ती कम्पनीबाट प्राप्त गरेर सम्बिन्धत कामदारले पाउने गरी कन्सुलर विभाग काठमाडौँमा पठाइएको हो ।

दूतावासले उनीहरुलाई फर्काइएको कारण बारे खुलाएकाे छैन ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *