साउदीमा कामदारहरु आफ्नो आवासभन्दा बाहिर भेला भए ५० हजार रियाल जरिवाना हुने

डिसी नेपाल
२७ वैशाख २०७७ ११:०१

रियाद । साउदीको आन्तरिक मामिला मन्त्रालयले एक निर्देशन जारी गर्दै कुनै पनि कामदारलाई आफ्नो आवासभन्दा बाहिर भेला नहुन आग्रह गरेको छ। मन्त्रालयले कुनै पनि कामदारहरु आफ्नो आवासभन्दा बाहिरका आवासीय भवन वा बन्दै गरेका भवनहरु वा इस्तारा वा फार्महरुमा भेला भए गरेको पाइएमा साउदी रियाल ५० हजार सम्म ( नेपाली करिब १६ लाख ९ हजार रुपैयाँ) जरिवाना गर्ने भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

मन्त्रालयले जारी गरेको निर्देशनको अवज्ञा भएमा जरिवानाहरु थप हुदैँ जाने र अन्य सजाय समेत हुने निर्देशनमा उल्लेख रहेको दूतावासले बताएको छ ।

दूतावासले साउदी सरकारले जारी गरेको निर्देशनको विपरित हुनेगरी कुनै कार्य नगर्न नेपाली कामदारहरुलाई आग्रह गरेको छ।

कोरोनाको संक्रमण बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि साउदी सरकारले विभिन्न उपायहरु अपनाइरहेको छ ।

साउदीमा हालसम्म्म ३५ हजार ४ सय ३२ जनामा कोरोनाको पुष्टि भएको छ । संक्रमितमध्ये २ सय २९ जनाले ज्यान गुमाएका छन् भने ९ हजार १ सय २० जनाले उपचारपछि स्वास्थ्य लाभ गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *