कुवेतमा भोलिदेखि तीन हप्तासम्म ‘पूर्ण लकडाउन’ हुने

डिसी नेपाल
२७ वैशाख २०७७ १२:३१

काठमाडौं। कुवेतमा भोलि आइतबारदेखि ३ हप्तासम्मको लागि पूर्ण लकडाउन गरिने भएको छ । यहाँको मनित्रपरिषदले मे १० देखि मे ३० सम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो । कुवेत टाइम्सका अनुसार पूर्ण लकडाउनको अवधिमा निजी क्षेत्रको काम र अत्यावश्यकबाहेक सामान ओसारपसारको कामसमेत रोक्ने निर्णय गरिएको छ ।

अपरान्ह साढे ४ बजेदेखि साढे ६ बजेसम्म पैदल हिँड्न मात्र पाइनेछ । अत्यावश्यक सेवा क्षेत्रमा कार्यरत कर्मचारीहरुले भने आवश्यकताका आधारमा काममा जान छुट पाउनेछन् । यहाँ अहिलेसम्म ७ हजार २०८ जना संक्रमित भइसकेका छन् । यीमध्ये २ हजार ४६६ जना निको भए फर्केका छन् भने ४७ जनाको ज्यान गएको छ । ४ हजार ६९५ जना उपचाररत छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *