कोरोनाको प्रभाव, फुटबलको महत्वपूर्ण नियममा अस्थायी परिवर्तन

डिसी नेपाल
२७ वैशाख २०७७ १४:४८

काठमाडौं । अहिलेको समयमा कोरोना भाइरसको कारण विश्वभर कुनै पनी खेलहरू भईरहेको छैनन, तर आउँदो समयमा खेलहरू फेरि सुरु भएपछि पनि यो रोगको प्रभाव देखा पर्नेछ। खाली स्टेडियममा खेलहरू खेलाउने चर्चा जारी छ, तर अब फुटबलमा एक ठूलो नियम केहि समयको लागि परिवर्तन भइरहेको छ, जसले गर्दा खेलाडीहरूको सुरक्षामा सम्झौता नगरियोस ।

फुटबलको अन्तर्राष्ट्रिय निकाय फिफाको प्रस्ताव पछी अन्तर्राष्ट्रिय फुटबल एसोसियन बोर्ड (आईएफएबी) खेलको नियम बनाउने निकायले खेलाडीहरू परिर्वतन गर्ने नियमलाई अनुमोदन गरेको छ। नयाँ नियम अन्तर्गत अब प्रत्येक टीमलाई खेलको बखत ५ खेलाडीहरू पर्वितन गर्न अनुमति दिइनेछ।

यद्यपि यो नियम केहि समयको लागि मात्र हो, तर यो कति लामो समयसम्म जारी हुन्छ भनेर कुनै निश्चित समय सीमा स्पष्ट पारिएको छैन। फुटबलमा परम्परागत रूपमा ९० मिनेट र (थप समय) मा ३ खेलाडीहरू मात्र परिर्वतन गर्ने नियम छ।

यो नियममा परिवर्तन खेलाडीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर गरिएको छ। आईएफएबीले ८ मे शुक्रवार एक विज्ञप्ति जारी गर्दै आउँदो दिनमा खेलहरु विभिन्न सत्रहरुमा र एकदम छोटो अवधिमा खेलिने जनाएको छ र यी दुई कारणहरुले खेलाडीहरुमा ठूलो असर पार्न सक्छन्।

जे होस् खेलमा धेरै बाधा नपुर्याउनको लागि केवल ३ पटक खेलाडी परिर्वतनको मौका दिईनेछ। तर आईएफएबीले यो स्पष्ट पनि गरेको छ कि यो फरक फुटबल लीगहरूमा निर्भर गर्नेछ कि टिमहरुले यो अस्थायी नियम लागू गर्न चाहन्छन् कि चाहदैनन ।

बयानमा यो पनि भनिएको छ कि संगठनले फिफासँग निर्णय लिने छ कि यो नियम विस्तार गर्नु पर्ने आवश्यकता छ कि छैन।

फुटबल लीग र अन्य प्रतियोगिताहरू मार्चको दोस्रो र तेस्रो हप्ता सम्म स्थगित गरिएको छ, सम्पूर्ण यूरोप र विश्वभरि अहिलेको अवस्थामा खेलाडीहरू लामो समयको लागि प्रशिक्षण र खेल अभ्यासबाट टाढा रहेका छन। तसर्थ यो परिवर्तन नियममा परिर्वतन गरिएको छ ।

कोरोनाको विनाशको बीच जर्मनीको फुटबल लीग बुन्डस्लिगा मे १६ देखि पुनः सुरू हुदैछ। लिग सीजनमा केवल ९ म्याचडे र ९ राउन्ड बाँकी रहेका छन। साथै स्पेनमा पनी लिग सुरू गर्न को लागी प्रयासहरू जारी छ र खेलाडीहरूको कोरोना परीक्षण भइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *