ब्राजील र अर्जेन्टिनाको क्रूर प्रतिस्पर्धा जसले मैदानमै हिन्सात्मक रूप लियो

डिसी नेपाल
२७ वैशाख २०७७ १६:०४

काठमाडौं । फुटबलमा क्लब खेलहरूमा अहिलेको समयमा अधिक प्राथमिकता दिइन्छ। तर फुटबल राष्ट्रहरुको कुरा गर्दा केहि यस्ता प्रतिस्पर्धाहरु छन् जुन कुनै पनि फुटबल फ्यानलाई बेवास्ता गर्न गाह्रो हुन्छ। ब्राजील र अर्जेन्टिना दुई देश फुटबल मैदान मा अवतरण गर्दा एकअर्का बिरुद्ध जितको भोको बन्छन। दुबै राष्ट्रबीच जीतको लागी यस्तो कडा प्रतिस्पर्धा हन्छ कि खेलाडीहरू आपसमा झगडा समेत गर्न पुग्दछन र जसलाई सम्झाउन पुलिसनै मैदानमा आउनुपर्दछ। यी दुई राष्ट बिचको प्रत्येक खेल गर या मर को स्थिति मानिन्छ र आफ्नो देशको लागी गोल गर्ने खेलाडी देशको सुपरस्टार बन्छन ।

यो लडाई ब्राजिल र अर्जेन्टिना बीच वर्षौं देखि चलिरहेको छ। सन १८२५ देखी १९२८ को बीच स्पेन, अर्जेन्टिना र ब्राजिल बीचको तीन तर्फी लडाई पछि उरुग्वेले स्वतन्त्रता प्राप्त गर्‍यो। यो पहिलो पटक हो कि दुई देशहरू एक अर्काको सामना गरिरहेका थिए। त्यसपछि दुई बीच पाराग्वेको लागी युद्ध भयो। पछिल्ला शताब्दीमा, दुई छिमेकी देशहरू आपसमा धेरै शान्ति वार्ताहरू आयोजना गरेका छन्, तर मैदानमा यसको कुनै प्रभाव परेन। दुई देश बीच कुनै पनि ठूलो प्रतियोगिता मा च्याम्पियनशिप भन्दा पनी जित बढी महत्त्वपूर्ण हुन्छ। धेरै ठूला अखबारहरूले यस प्रतिद्वन्द्वलाई फुटबलको सम्पदाको रूपमा वर्णन गरेका छन्।

ब्राजिलले अहिलेसम्म पाँच पटक फिफा वर्ल्ड कपको उपाधि जितेको छ र प्रत्येक वर्ष वर्ल्ड कपमा भाग लिने एकमात्र देश हो। दुई टोलीहरू बीच पहिलो खेल १९१४ मा खेलाइएको थियो। त्यस पछि दुबै टोलीहरू करीव १०५ पटक आमने सामने भएका छन्। यसमध्ये अर्जेन्टिनाले ३८ खेल जितेको छ भने ब्राजिलले ४१ खेल जितेको छ जसमध्ये २६ खेल बराबरी भएको छ। अर्जेन्टिनाले १६० र ब्राजिलले १६३ गोल गरेको छ। ब्राजिलले अहिलेसम्म पाँच पटक फिफा वर्ल्ड कप जितेको छ, जबकि अर्जेन्टिनाले यो उपाधि एक पटक मात्र जितेको छ। कोपा अमेरिकामा दुबै बीच ३१ खेलहरू भइसकेका छन्, जसमध्ये अर्जेन्टिनाले १४ र ब्राजिलले नौ खेल जितेका छन्। ब्राजिलले ६० मैत्री खेलहरूमा २५ खेल जितेको छ, अर्जेन्टिनाले २० खेल जितेको छ र १६ खेल बराबरी भएका छन ।

यी देशहरूबीच खेलको प्रतिस्पर्धा मात्र नभएर देशमा स्टार प्लेयरहरूमा जन्माउने पनी प्रतिस्पर्धा रहेको छ। पछिल्लो शताब्दीमा ब्राजिलका पेले र अर्जेन्टिना प्रसिद्ध दियागो माराडोना बीच पनी प्रतिस्पर्धा देखिएको थियो। फिफाले सन २००० मा माराडोनालाई प्लेयर अफ द सेन्चुरी घोषित गर्‍यो, पछि विश्वका खेल पत्रकारहरूले पेलेलाई शतकका सर्वश्रेष्ठ खेलाडी भने, जसलाई अर्जेन्टिनाका प्रशंसकहरूले घोर विरोध गरे। माराडोनाले लियोनेल मेस्सीलाई आफ्नो उत्तराधिकारी घोषणा गरे पनि पेले नेमार जूनियरलाई आफ्नो उत्तराधिकारी मान्दछन्। नेमार पीएसजीमा जानु भन्दा पहिले यी दुई खेलाडीहरू बार्सिलोनाका लागि केहि समय अगाडि सँगै खेल्ने गर्थे। यद्यपि दुई जना बिच देशका लागि खेल्ने क्रममा कडा प्रतिस्पर्धा थियो ।

दुबै देशबीचको कडा प्रतिस्पर्धा प्राय हिंसा को रूप लिन्थ्यो। सन १९३९ मा अर्जेन्टिना र ब्राजिलले रोका कप खेल्‍यो, जसमा अर्जेन्टिनाले पहिलो खेल ५–१ ले जितेको थियो। त्यहाँ दुई देश बीच कडा प्रतिस्पर्धा भएको थियो, रोका कपको अन्तिम खेल २–२ स्कोरले बराबरी भयो। अन्तिम मिनेटमा रेफ्रीले ब्राजिललाई पेनाल्टी दिए जसले गर्दा रिसले चूर भएका अर्जेन्टिनी अर्काडिया लोपेजले रेफ्रीलाई हमला गरे र त्यसपछि पुलिस मैदानमा आउनु पर्यो। सन १९६४ मा दक्षिण अमेरिका च्याम्पियनशिपमा ब्राजिलका जैयर रोजाले अर्जेन्टिनाका कप्तान जोसे सलोमोनको खुट्टा भाँचे। त्यसपछि पुलिस मैदानमा आए र खेलाडीहरूलाई विभाजित गरे, अर्जेन्टिनाले यो खेल २–० जित्यो तर सलोमोनले फेरि फुटबल खेलेनन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *