मलेसियामा आवागमन बन्द ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ थप चार साता लम्बियो

डिसी नेपाल
२८ वैशाख २०७७ १३:२६

क्वलालम्पुर। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि गएको मार्च १८ तारिखदेखि मलेसियन सरकारले जारी गरेको आवागमन प्रतिबन्ध आदेश ‘मुभमेन्ट कन्ट्रोल अर्डर–एमसिओ’ अझै चार साता अर्थात आगामी जुन ९ तारिख सम्मलाई लम्बाउने भएको छ।

मलेसियाका प्रधानमन्त्रि मुयाद्दिन यासिनले आइतबार देशवासीको नाम सम्बोधन गर्दै एमसिओ थप गर्ने घोषणा गरेका हुन् । स्थिति सामान्य नभएकोले सरकारले थप चार हप्ता एमसिओ बढाउन लागेको उनको भनाइ छ ।

गएको मार्च १८ तारिखदेखि मलेसियन सरकारले जारी गरेको आवागमन प्रतिबन्ध आदेश ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ ४६ दिनपछि केही खुकुलो पारिएको थियो ।४६ दिनपछि मे ४ तारिखबाट सिएमसिओ अर्थात अवस्था हेरेर आवागमन नियन्त्रण अदेश सुरू गरेको थियो ।

४ तारिखबाट स्वास्थ सुरक्षा र सामाजिक दुरी कायम गर्दै बैँक, पेट्रोल पम्प, रेष्टुरेन्ट, बजार, वार्कसप, कन्स्ट्रक्सन, फ्याक्ट्रि खुल्ला गरिएको छ । त्यस्तै कामदारहरु आवत जावत गर्न भने १ वटा बसमा २० जना र १ वटा कारमा २ जना मात्र सवार गर्न पाइने नियम लगाइएको थियो ।

अति जोखिम क्षेत्र सैलुन, बिद्यालय, कलेज, नाइट मार्केट, नाइट क्लब, फिल्म हल, मस्जिद, चर्च, मन्दिर, सभा–सम्मेलन र भोज भतेर भने पूर्ण रुपमा बन्द गराइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *