साउदी अरबमा कोरोना भाइरसको संक्रमणबाट एक नेपाली श्रमिकको मृत्यु

डिसी नेपाल
२८ वैशाख २०७७ २२:५५

रियाद । साउदी अरबमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट एक नेपाली श्रमिकको ज्यान गएको छ । जेद्दामा रहेको नेपाली महावाणिज्य दूतावासका अनुसार जेद्दास्थित मदिनामा कार्यरत एक नेपालीको कोराना भाइरसको संक्रमणबाट ज्यान गएको हो ।

संक्रमण देखिएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

महावाणिज्य दूतावासका अनुसार जेद्दा क्षेत्रमा मात्रै ४५ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १० जनाले उपचारपछि स्वास्थ्य लाभ गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *