नयाँ दिल्लीमा बेपत्ता नेपाली बालक फेला

डिसी नेपाल
२९ वैशाख २०७७ ८:१३

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा बेपत्ता भएका एक नेपाली बालक फेला परेका छन् ।

गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधारा स्थायी घर भएका १४ वर्षीय बालक सागर परियार हिजो मे १० तारिखका दिन दिल्लीमै फेला परेका हुन् । उनी गत मे ६ तारिखदेखि बेपत्ता भएका थिए ।

उनलाई एक भारतीय नागरिक राकेश शर्माले सुरक्षित रुपमा राखेर थिए ।

दिल्लीमा नेपाली बालक हराएको सूचना डिसी नेपालमार्फत सम्प्रेसण भएको केही समयमा नै बालक फेला परेका छन् ।

सूचना लगत्तै समाजसेवी राकेश शर्मा र राजु परियारले बालकलाई फरिदाबादमा रहेका आफन्तलाई जिम्मा लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *