फ्रान्सबासी नेपाली लक डाउनका हिरो

डिसी नेपाल
२९ वैशाख २०७७ १२:२७

पेरिस, फ्रान्स । कोरोना भाइरसको प्रकोप बढेको धेरै युरोपेली मुलुकहरुमा जस्तै फ्रान्समा रहेका विभिन्न संघ संस्थाले राहत वितरण गरिरहेका छन् । नव आगन्तुक विद्यार्थी, समस्यामा परेका अन्य नेपाली परिवारलाई सहयोग गरिरहेका छन् । गैर आवासीय नेपाली संघ फ्रान्स, मगर समाज, गोर्खाली समाज, एकता समाज, जनसम्पर्क समिति, भोलिनटेएर फ्रान्स, प्रवासी नेपाली एकता मञ्च एवम् संयुक्त सहयोग समिति संघ फ्रान्समार्फत समस्यामा परेका नेपालीहरुलाई सहयोग गरिरहेका छन्।

कोरोनाको प्रकोप महामारीका रुपमा देशभरी फैलिएपछि फ्रान्समा लक डाउन गरिँदा बाहिर निस्कन नपाउँदा, रोजगारीमा जान नपाउँदा खाद्यन्नको अभाव हुनसक्ने कुरालाई मध्य नजर गर्दै राहत बितरणलाई तिब्र गतिमा अघि बढाइरहेका छन् । दुखको समयमा सहयोग गर्ने हात बढिरहेका बेला स्मरणीय अनि उदारणीय पात्रहरुको खुलेर प्रशंशा गर्नु समाज अनि पत्रकारिताको धर्म हो । यस्तो विषम परिस्थितीमा पनि उदाहरणीय सामाजिक काम गर्नुहुने मध्य २ फ्रान्सबासी मनकारी मनहरु प्रसंशा योग्य हुनुहुन्छ ।

१. दिलिप गुरुङ

‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने झैँ सामाजिक काम गर्नका लागि लकडाउनले के रोक्दो रहेछ र ? पर्वत जिल्लामा जन्मी फ्रान्सलाई कर्म भूमि बनाई विगत १ दशकदेखि पेरिसमा बसोबास गर्नु हुन्छ दिलिप गुरुङ आफ्नी श्रीमती अनि एक सन्तानका साथ ।

सामाजिक दूरी कायम राख्ने घरमा नै बस्ने मास्क लगाउने, घर बाहिर बिना कारण निस्किए जरिबाना अनि जेल सजाय जस्ता धेरै धेरै शर्तहरु संचार माध्यमहरुमा बजिरहादा हामी धेरै त्रसित थियौं । तर दिलिप गुरुङको हकमा भने यो लागु भएन। बन्दा बन्दी (लक डाउन) को पहिलो चरणमा आफ्नो परिवार, स्वास्थलाई थाँती राखी पहिलो पंक्तिमा उभिएर नव आगन्तुक विद्यार्थी समस्यामा पर्नु भएका दाजुभाई दिदी बहिनीहरुलाई फ्रान्सका संघ संस्थाहरुसंग सहकार्य गरेर पेरिस सहर वरपर आफ्नै सवारी साधनमा घर घरमा राहत बितरणमा लाग्नु भयो ।

यो हिम्मत उठाउने कम व्यक्तिहरु मध्ये अग्रपंक्तिमा दिलिप गुरुङको साहस अनि समर्पणका लागि फ्रान्सबासी नेपाली सहृदय धन्यवाद ज्ञापन गर्दछौं । राहत बितरणका सुरुवाती दिनमा आफु सुरक्षित हुनु पर्ने आफु बाचे मात्रै समाजसेवामा लाग्नु पर्ने सुझाव सामाजिक संजालमा आए पनि उहाँको यो इच्छा अनि अभियानबाट कति पनि बिचलित हुनु भएन ।

पटक पटक गम्भीर शारीरिक स्वास्थ समस्या भोगिसक्नु भएका साहसी गुरुङ महामारीको अबस्थामा पनि फ्रान्समा असाधारण काम गर्ने नेपाली हिरो बन्नु भएको छ । बिगतमा आफुले भोगेको पीडामा निस्वार्थ सहयोग गर्ने अग्रणी सुक गुरुङबाट प्रभावित भएको बताउनु हुन्छ । रोगलाई जितेर आफुले पुनर्जिबन पाएकोले अनि राहत बितरणका क्रममा राहत पाउनु हुने महानुभाबहरुको आँखामा देख्नु भएको खुसीको आँशुले अझ बढी प्रेरित भएको बताउनु हुन्छ । गुरुङ बिभिन्न सामाजिक संस्थामा संलग्न अनि गैर आवासीय नेपाली संघ फ्रान्सका बर्तमान युवा प्रतिनिधि हुनुहुन्छ । आशा छ फ्रान्स बासी नेपालीले अझ धेरै दिलिप गुरुङ जस्ता पात्र पाउने छन् भविष्यमा ।

२. राजु अधिकारी

‘भजन गाउने ओठ भन्दा सेवा गर्ने हात’ महान हुन्छन भन्ने बाणीलाई ब्यबहारमा उतार्ने व्यक्तित्व हुनुहुन्छ राजु अधिकारी । झापामा जन्मिनु भएका अधिकारी सन २००४ बाट फ्रान्स मा बसोबास गर्दै हुनुहुन्छ । श्रीमती तारा अधिकारी अनि २ सन्तानका पिता हुनुहुन्छ । सन् २०१३ बाट बुद्ध नामक रेस्टुरेन्ट ब्यबसाय गर्दै आउनुभएको छ । आकस्मिक बन्दा बन्दी (लक डाउन) का कारण व्यवसाय पूर्ण रुपमा बन्द रहेको बताउनु हुन्छ । श्रीमती अनि छोराहरुसंग घरमा नै समय बिताउने क्रममा स्वास्थ महामारीको रोकथाम लागि अग्रपंक्तिमा लड्नु हुने डक्टर, नर्सहरुलाई सहयोग गर्ने मनसाय राख्नु भएको थियो ।

श्रीमती बाट सकारात्मक समर्थन पाएपछि अझ बढी हौसला मिलेको अनुभव सुनाउनुहुन्छ संवादका क्रममा । पेरिस सहरभित्र रहेको ४ ठूला अस्पताल (अस्पताल बीसेत्र, सेन्ट अन्तोइन, नेकेयेर थ्रुशो) हरुमा पटक पटक स्वास्थकर्मीको लागि निजी खर्चमा खाना बनाएर अस्पताल सम्म पुर्याउन जानु भयो । मन्दिर, मस्जिद, चर्चमा नभएर भगवान अस्पतालमा भेटेको बताउनु हुन्छ निक्कै भाबुक मद्रामा । मानव जीवन जोगाउन दिन रात नभनी खटिनु हुने सम्पूर्ण स्वास्थकर्मी हरुलाई धन्यबाद दिनुहुन्छ । साथ साथै बिदेशी भूमिमा पनि नेपाली संस्कृति अनि नेपाली सान उच्च बनाउने काम गर्नुहुने राजु अधिकारीप्रति नेपाली समुदाय गर्व गर्दछौ ।

यस्तै सामजिक कार्यले फ्रेन्च समुदाय माझ नेपाली समुदायको प्रतिष्ठा बढेको छ । मनकारी राजु अधिकारीको ब्यबसायिक सफलता अनि सामाजिक सेवा प्रतिको भाव अघि बढिरहोस । राहत वितरणलाई प्रभावकारी बनाउन सयुंक्त सहयोग समिति गठन भएको छ । नेपाली राजदूतावास, पेरिस फ्रान्स संरक्षक रहने गरी गठन भएको संयन्त्रले सामाजिक एकताको सन्देश पनि दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *