उत्तर प्रदेशमा रहेका नेपाली घर फर्किन चाहे आवश्यक व्यवस्था मिलाउन मुख्यमन्त्रीको निर्देशन

डिसी नेपाल
३० वैशाख २०७७ १५:४४
80
Shares

काठमाडौं। भारतमा रहेका नेपाली घर फर्किन चाहेको खण्डमा उनहिरुलाई नेपाल पठाउनको लागि आवश्यक व्यवस्था मिलाउन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले निर्देशन दिएका छन् । उनले आफ्नो राज्यका अधिकारीहरुलाई जो नेपाली घर फर्किन चाहन्छन् उनीहरुलाई नेपाल भारत सीमासम्म पुर्याउने र जो नेपाल फर्किन चाहँदैनन् उनीहरुलाई पनि त्यहाँ बस्ने आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएका हुन् ।

रोजगारी तथा अन्य कामका सिलसिलामा उत्तर प्रदेशमा रहेका नेपालका नागरिकले घर फर्किन चाहे उनीहरुको व्यवस्था मिलाउन अधिकारीहरुलाई निर्देशन दिइएको मुख्यमन्त्रीको सचिवालयले ट्वीटरमार्फत जानकारी दिएको छ। त्यसैगरी योगीले लकडाउनका कारण उत्तर प्रदेशमै बस्न चाहने नेपालीका लागि पनि आवश्यक प्रबन्ध मिलाउन स्थानीय अधिकारीलाई निर्देशन दिएका छन्। उत्तर प्रदेश नेपालको पश्चिम कञ्चनपुरदेखि नवलपरासीसम्मका जिल्लाहरुसँग जोडिएको छ । दिल्ली तथा अन्य ठाउँबाट घर फर्किरहेकाहरु यहीँ राज्य भएर नेपाल आउन खोजिरहेका छन्। तर, नेपालतिर भने आउन दिइएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *