मलेसियाको क्वारेन्टाइनमा राखिएका १ हजार ३ सय ६८ अवैध आप्रवासी कामदार पक्राउ

डिसी नेपाल
३० वैशाख २०७७ २१:३१

एजेन्सी । मलेसिया सलायाङ बजारबाट १ हजार ३ सय ६८.जना अवैध आप्रवासी कामदाहरू पक्राउ परेका छन । उनीहरुलाई अवैधानिक हैसियतका भएकोले पक्राउ गरिएको हो ।

केही हप्ता अगाडी सलायाङ बजारमा कोरोना संक्रमित भेटिएपछि त्यहाँ घेराबन्दि गरेर विदेशि नागरिकलगायत स्थानीयको पनि कोरोना जाँच गरिएको थियो । विरामि जतिलाई हस्पिटल लगिएको थियो भने अन्यलाई क्वारेन्टाइनमा राखिएको थियो ।

मलेसियाको राजधानी क्वालालम्पुरको जलान दुतास्थित थोक बजारबाट ९८ बालबालिका सहित १ हजार ३ सय ६८ आप्रवासीहरुलाई अवैधानिक हैसियत भएका कारण पक्राउ गरेको मलेसियन अध्यागमन विभागका महानिर्देशक दातुक खैरुल डिजाइम दौडले स्थानीय सञ्चार माध्यमलाई जानकारी गराएका छन् ।

महानिर्देशक खैरुलका अनुसार पक्राउ गरिएकाहरुमा म्यानमारका नागरिक ७ सय ९०,  इन्डोनेसियाली ४ सय २१ , बंगलादेशी ७८, भारतीय ५४ र पाकिस्तानी ६ जना रहेका छन ।

उनीहरूलाई मलेसियन अध्यागमन कानुन अनुसार कारवाही गरिने बताइएको छ । कारवाहीपछि घर फिर्ता गरिने महानिर्देशक खैरुलले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *