खाडी मुलुक बहराइनमा १२ महिलासहित २ सय ८१ नेपालीमा कोरोनाको संक्रमण

डिसी नेपाल
३१ वैशाख २०७७ २०:०९

काठमाडौँ । खाडी मुलुक बहराइनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने नेपालीको संख्या २ सय ८१ पुगेको छ । जसमा १२ जना महिला छन् ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार संक्रमितमध्ये कैयौँ नेपाली उपचारपछि निको भएका छन् ।

‘जम्मा २ सय ८१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २ सय ६९ पुरुष र १२ जना महिला छन,’ उनले डिसी नेपालसँग भने, ‘निको भएर पनि थुप्रै निस्केका छन् । जसको संख्या एकिन भएको छैन ।’

बहराइनमा हालसम्म ५ हजार ७ सय ८० जनामा कोरोनाको पुष्टि भएको छ । संक्रमितमध्ये ९ जनाको ज्यान गएको छ भने २ हजार १ सय ९५ जना उपचारपछि निको भएका छन् । त्यस्तै ७ जनाको अवस्था गम्भिर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *