बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ६१ नेपालीको मृत्यु, ७ सय ४७ संक्रमित

डिसी नेपाल
१ जेठ २०७७ ११:१९

काठमाडौँ । बेलायतमा कोरोना भाइरस (कोभिड–१९ं) को संक्रमणबाट ६१ जना नेपालीको ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) युकेले बेलायतका गैरआवासीय नेपालीमा भएको कोरोना संक्रमणसम्बन्धी बुधवार एक विस्तृत तथ्याङक सार्वजनिक गर्दै ६१ जना नेपालीले ज्यान गुमाएको जनाएको छ ।

संघले आफ्नो आधिकारिक वेभसाइटमा राखेको तथ्याङक अनुसार मे १३ तारिख बुधवार दिउँसोसम्म बेलायतमा कोरोना संक्रमित नेपालीको संख्या ७ सय ४७ पुगेको छ । तीमध्ये ६१ जनाको मृत्यु भएको हो ।

तथ्याङकमा कोरोना संक्रमितमध्ये उपचारको लागि अस्पतालर्म भर्ना हुने नेपालीको १ सय १५ छ । अस्पतालमा भर्ना भएकामध्ये ३७ जना उपचारपछि पूर्ण रुपमा निको भएर घर फर्केका छन् । त्यस्तै १७ जना नेपाली अझैसम्म पनि उपचारकै क्रममा अस्पतालमै रहेको उल्लेख छ ।

संघले संकलन गरेको तथ्याङकमा कोरोनाको लक्षण देखा परेर ६ सय ३२ जना घरमा नै आइसोलेसनमा बसेका भएपनि ५ सय ७० जना ठिक भैसकेका छन् । जसमा ६२ जना अझै आईसोलेसनमा रहेका छन् ।

एनआरएनए युकेद्वारा सञ्चालन गरेको हेल्फलाइन र देशैभर रहेका संघका पदाधिकारीहरुको सक्रियतामा यो तथ्याङक संकलन गरिएको हेल्पलाइनका संयोजक एवम् एनआरएनए यूकेका सचिव जीत रानाभाटले बताएका छन् ।

उनका अनुसार महामारी सुरु भएयता बेलायतमा अन्य थुप्रै व्यक्तिहरुको निधन भएको जानकारी संघमा आएको र तीमध्ये केहीमा कोरोनाको आशंका गरिएपनि पुष्टि भने बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *