सडक दुर्घटनामा परि साउदीमा एक नेपालीको मृत्यु

डिसी नेपाल
१ जेठ २०७७ १३:३१

रियाद । रोजगारीका लागि साउदी अरबमा रहेका एक नेपाली युवाको मृत्यु भएको छ । साउदी अरबको दम्माममा कार्यररत इश्वरपुर– ४ सर्लाहीका अन्दाजी ४१ वर्षीय शुक्र बहादुर थापाको सडक दुर्घटनामा परि ज्यान गएको हो ।

उनको अल्हासा बक्रेट सडकमा हायस दुर्घटनामा परि मृत्यु भएको हो ।

मृतक थापा विगत ५ वर्षदेखि कराद अरेविया कम्पनीमा काम गर्थे । गएको मे १० तारिख आइतबार डिउटी सकाएर कोठामा फर्कने क्रममा दिउँसो करिब साढे २ बजे उनी सवार गाडी दुर्घटनामा परेको थियो । दुर्घटनामा परि गम्भिर घाइते भएका उनलनई दम्माम ९१ स्थित माउद अस्पतालमा उपचारलागि भर्ना गरिएको थियोे । उनको उपचारको क्रममा सोमबार राति करिब १० बजे मृत्यु भएको उनका सहकर्मीले जानकारी गराए ।

उनका अनुसार दुघर्टना भएको उक्त हायस गाडीमा ५ जना नेपालीसहित ८ जना कामदार सवार थिए । दुर्घटनामा २ जना भारतीय कामदार सकुसल छन् । दुर्घटनामा २ जना नेपाली र अर्का १ भारतीय कामदार गम्भिर घाइते भएका छन् । उनीहरुको अस्पालमा उपचार भैरहेको छ ।

अन्य २ जना नेपाली भने उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । गम्भिर घाइते भएका झापाका युवाको दाहिने आखाँमाथि टाउकोमा ठूलो चोट लागेको छ, भने अर्का गम्भिर घाइते नवलपरासीका कम्मरको ढाड भाँचिएको छ । गम्भिर घाइते भएका भारतीय कामदारको पनि टाउकोमा चोट लागेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *