दक्षिण कोरियामा आत्महत्या गरेका नेपाली युवाको उतै दाहसंस्कार

डिसी नेपाल
१ जेठ २०७७ १७:११

काठमाडौँ । दक्षिण कोरियामा आत्महत्या गरेका नेपाली युवाको उतै दाहसंस्कार गरिएको छ । गएको शनिबार दिउँसो आत्महत्या गरेका पोखराका पूर्ण बहादुर थापाको आइतबार उतै दाहसंस्कार गरिएको एनआरएनए दक्षिण कोरियाका उपाध्यक्ष संजीव राईले डिसी नेपाललाई बताए ।

विगत ६ वर्षदेखि दक्षिण कोरियामा काम गर्दै आएका ३३ वर्षीय थापाले गत शनिवार दिउँसो एक सुसाइड नोट लेखेर कम्पनीभित्रै आत्महत्या गरेका थिए । उनको आइतबार किम्मपोमा अन्तिम दाहसंस्कार गरिएको राईले जानकारी गराए ।

थापा कोरियाको इन्छन नजिकै किम्पो जिल्लाको ठेगोतमा आल्मोनियम कम्पनिमा काम गर्थे । उनी डिप्रेशनबाट गस्रित थिए । शनिबार उनी कम्पनीको सिसिटिभी फ़ुटेजमा कम्पनीमा दिउँसो १ बजेर ५० मिनेटको समयमा प्रवेश गरेको देखिएका थिए । त्यसपछि सिसिटिभी अफ गरेर उनी कम्पनिभित्र आफैले काम गर्ने मेसिन पछाडी कुनामा गएर आत्महत्या गरेको उनका सहकर्मीहरुले बताएका छन्।

थापाका नेपालमा एक छोरा र एक छोरी रहेको बताइएको छ । उनी दोस्रो पटक रोजगारीका लागि कोरिया पुगेका थिए ।

अहिलेको विषम परिस्थितिमा उनको शव नेपाल ल्याउन असम्भव देखिएपछि परिवारको सहमतीमा उतै अन्तिम दाहसंस्कार गरिएको हो ।

उपाध्यक्ष राईले थापाको नेपाली परम्परा अनुसार मृतक थापाको अस्तु सेलाउन बाँकी रहेको बताए । ‘तत्काल सम्भव नरहेकोले एनआरएनएको पहलमा सुरक्षित राखिएको छ,’उनले भने, ‘छिट्टै सेलाउने कार्यको लागि म आफैले पहल गरेको छु ।’

उनले मृतक थापाको विमा वापतको रकमको लागि पनि पहल गरेको जानकारी गराए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *